दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकामा कार्यरत कर्मचारीमा संक्रमण पुष्टि भएपछी केहि दिनका लागि कार्यपालिकाबाट सेवा प्रवाह बन्द हुने भनि नगरपालिकाले सूचना जारी गरेको छ ।
बिगत केहि दिन एता कार्यपालिकामा कार्यरत केहि कर्मचारीमा निरन्तर संक्रमण देखिन थालेको थियो । संक्रमण पुष्टि भएका कर्मचारीको अनुपस्थितिमा पनि कार्यालय सन्चालन रहेकोमा हाल धेरै संख्यामा संक्रमण देखिएकोले कार्यालयको सेवानै बन्द गर्नु परेको भन्दै नगर प्रबक्ताले सुचना जारी गरेका हुन । सेवा प्रवाहका लागी आवश्यक मुख्य कर्मचारीहरुमानै संक्रमण पुष्टी भएको र अन्य कर्मचारीमा समेत परिक्षण गर्नु पर्ने भएको भन्दै नगर कार्यपालिकाबाट हुने सम्पूर्ण सेवा भाद्र १ देखि ४ गतेसम्मको लागि बन्द गरिएको बताईएको छ ।