दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकामा कार्यरत ११ जना कर्मचारीलाई कोरोना भाईरस संक्रमणको पुष्टी भएको छ । कर्मचारीमा रुघाखोकी, ज्वरो आएपछि कोरोना परिक्षण गर्दा संक्रमाण पुष्टि भएको शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजयकुमार श्रीबास्तबले जानकारी दिए ।
मंगलबार ४६ जनाको एन्टिेजेन परिक्षण गरिएकोमा ११ जनालाई कोरोना संक्रमणको पुष्टी भएको स्वास्थ्य शाखा प्रमुख श्रीवास्तवले बताए । उनका अनुसार भोलि शुक्लागण्डकी नगरपालिकाका मेयर, उपमेयर, प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्य शाखाको केही समुह नगरपालिकामा छलफल गरि कार्यालयको सेवा बन्द गर्ने नगर्नेबारे निर्णय गरिने बताए ।
नगरपालिकाले पछिल्लो समय कोरोना संक्रमण निकै तिब्र गतिमा फैलिएकाले अनिवार्य स्वास्थ्यका मापदण्ड पालना गर्न उनको अनुरोध छ ।