• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ जेष्ठ ३०
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

‘ढुङ्गा मान्छेहरु’ कविता सङ्ग्रह लोकार्पण

हरि खरेल हरि खरेल
February 3, 2025
- स्थानीय समाचार
A A
1
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । शिक्षक एवम् साहित्यकार एकनारायण भण्डारीको ‘ढुङ्गा मान्छेहरु’ कविता सङ्ग्रह लोकार्पण भएको छ । शुक्ला साहित्य सङ्गम तनहुँले सोमबार २०४ औं नियमित साहित्य शृङ्खला संगै भण्डारीको कविता सङ्ग्रहको पनि लोकार्पण गरेको हो ।

कार्यक्रममा बोल्दै पूर्व मन्त्री आशा कोइरालाले साहित्य समाजको ऐना रहेको बताउदै साहित्य मार्फत समाजका यथार्थलाई प्रस्तुत गर्दै सुधारको लागि मार्ग निर्देशन गर्नुपर्ने बताए । ‘साहित्य समाजको ऐना हो । साहित्यले यथास्थिति मात्रै बताउनु नभई निकास पनि देखाउन जरुरी छ’ उनले भने । उनले यर्थाथलाई अङ्गालेर प्रगतिशील साहित्य लेख्नुपर्ने कुरालाई जोड दिएकी थिइन् । भण्डारीको कविता सङ्ग्रहमा पनि समाजको यथास्थितिलाई दर्शाउदै सुधारको लागि मार्ग निर्देश गरेको बताइन् ।

कविता सङ्ग्रहका समीक्षक डा.भूमिराज बस्ताकोटीले समसामयिक राजनीतिप्रति व्याङ्ग्य गर्दै विभिन्न वादहरुले समाजको परिर्वतन गर्न नसकेको बिषय कवितामा उल्लेख भएको बताए । कतिपय कविताहरुमा चेतन प्रवाह शैली प्रयोग भएको हुदाँ कविता उत्कृष्ट बनेको उनको भनाइ छ । सङ्ग्रहमा बा, न्याय मर्छ, मेरा बा र म, मान्छे जस्ता कविताहरु सर्वाेत्कृष्ट रहेको बताए । कविले कवितामा आक्रोश बढी पोख्नुका साथै वर्तमान राजनीति र देशप्रति आशा भन्दा निराशा धेरै व्यक्त गरेको समीक्षक बस्ताकोटीले बताए ।

कविता सङ्ग्रहका स्रष्टा भण्डारीले सामाजिक सञ्जालमा आफ्ना रचनाहरु प्रस्तुत गर्दै जाँदा आम पाठकले मन पराउदै जान थालेपछि विस्तारै पुस्तक रचना गर्न सुरु गरेको बताए । वादभन्दा माथि उठेर, जात भन्दा माथि उठेर समाजका यथार्थ पक्षहलाई कवितामा प्रस्तुत गरेको भण्डारी बताउछन् ।

शुक्ला साहित्य सङ्गम तनहुँकी अध्यक्ष टुकादेवी आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक (राजु), शुक्लागण्डकी नगरपालिकाका शिक्षा शाखा प्रमुख नवराज चापागाई, शुक्ला साहित्य सङ्गम तनहुँका संरक्षक शेषमणि आचार्य, पूर्व अध्यक्ष राजन रिमाल, आनन्दसुन्दर श्रेष्ठ, जनार्दश दहाल लगायतको उपस्थिती रहेको थियो ।

पञ्चमुनिदेव माध्यमिक विद्यालयका प्रधानाध्यापक समेत रहेका भण्डारीको ‘ढुङ्गा मान्छेहरु’ कविता सङ्ग्रहमा ५४ वटा कविताहरु रहेका छन् । उक्त कविता सङ्ग्रहरुको सम्पादन शुक्ला साहित्य सङ्गम तनहुँकी अध्यक्ष टुकादेवी आचार्यले गरेकी हुन् । सङ्ग्रहको आवरण सुनिता देवकोटा, लेआउट किरण विकले गरेका हुन् । भण्डारीको पहिलो कृति ‘निरुत्तर’ उपन्यास प्रकाशन भइसकेको छ भने दोस्रो कृतिका रुपमा ‘ढुङ्गा मान्छेहरु’ प्रकाशन गरेका छन् ।

👉 अन्य सम्बन्धित खबरहरु

अनुशासन आयाेगकाे सचिवमा अधिकारी निर्वाचित
स्थानीय समाचार

अनुशासन आयाेगकाे सचिवमा अधिकारी निर्वाचित

June 13, 2025
बालश्रम विरुद्धमा विद्यार्थीसँग अन्तरक्रिया
स्थानीय समाचार

बालश्रम विरुद्धमा विद्यार्थीसँग अन्तरक्रिया

June 12, 2025
शुक्लागण्डकीको प्रस्तावित लोगो सार्वजनिक
स्थानीय समाचार

शुक्लागण्डकीको प्रस्तावित लोगो सार्वजनिक

June 12, 2025
लायन्सले गरिदियाे १३ परिवारकाे स्वास्थ विमा
स्थानीय समाचार

लायन्सले गरिदियाे १३ परिवारकाे स्वास्थ विमा

June 12, 2025
सेती नदिमा पुरूषकाे शव फेला
स्थानीय समाचार

तनहुँमा करेन्ट लागेर बालिकाकाे मृत्यु

June 11, 2025
तनहुँकी स्मृति अनुशासन आयाेगमा सचिवकाे उम्मेदवार
स्थानीय समाचार

तनहुँकी स्मृति अनुशासन आयाेगमा सचिवकाे उम्मेदवार

June 11, 2025

प्रतिक्रियाहरु 1

  1. yam sapkoa says:
    4 months ago

    कवि तथा श्रस्टा एकनारायण भण्डारीको परिचय यम सापकोटाले गराएका थिए। छुटेको समाचार

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

June 1, 2025
रहेनन् सायन खत्री

रहेनन् सायन खत्री

June 9, 2025
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

May 15, 2025
सेती नदिमा पुरूषकाे शव फेला

तनहुँमा करेन्ट लागेर बालिकाकाे मृत्यु

June 11, 2025
एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

June 1, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • अनुशासन आयाेगकाे सचिवमा अधिकारी निर्वाचित
  • बालश्रम विरुद्धमा विद्यार्थीसँग अन्तरक्रिया
  • शुक्लागण्डकीको प्रस्तावित लोगो सार्वजनिक
  • लायन्सले गरिदियाे १३ परिवारकाे स्वास्थ विमा
  • तनहुँमा करेन्ट लागेर बालिकाकाे मृत्यु
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.