• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ जेष्ठ २८
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

‘ढुङ्गा मान्छेहरु’ कविता सङ्ग्रह लोकार्पण

हरि खरेल by हरि खरेल
February 3, 2025
in स्थानीय समाचार
A A
1
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । शिक्षक एवम् साहित्यकार एकनारायण भण्डारीको ‘ढुङ्गा मान्छेहरु’ कविता सङ्ग्रह लोकार्पण भएको छ । शुक्ला साहित्य सङ्गम तनहुँले सोमबार २०४ औं नियमित साहित्य शृङ्खला संगै भण्डारीको कविता सङ्ग्रहको पनि लोकार्पण गरेको हो ।

कार्यक्रममा बोल्दै पूर्व मन्त्री आशा कोइरालाले साहित्य समाजको ऐना रहेको बताउदै साहित्य मार्फत समाजका यथार्थलाई प्रस्तुत गर्दै सुधारको लागि मार्ग निर्देशन गर्नुपर्ने बताए । ‘साहित्य समाजको ऐना हो । साहित्यले यथास्थिति मात्रै बताउनु नभई निकास पनि देखाउन जरुरी छ’ उनले भने । उनले यर्थाथलाई अङ्गालेर प्रगतिशील साहित्य लेख्नुपर्ने कुरालाई जोड दिएकी थिइन् । भण्डारीको कविता सङ्ग्रहमा पनि समाजको यथास्थितिलाई दर्शाउदै सुधारको लागि मार्ग निर्देश गरेको बताइन् ।

कविता सङ्ग्रहका समीक्षक डा.भूमिराज बस्ताकोटीले समसामयिक राजनीतिप्रति व्याङ्ग्य गर्दै विभिन्न वादहरुले समाजको परिर्वतन गर्न नसकेको बिषय कवितामा उल्लेख भएको बताए । कतिपय कविताहरुमा चेतन प्रवाह शैली प्रयोग भएको हुदाँ कविता उत्कृष्ट बनेको उनको भनाइ छ । सङ्ग्रहमा बा, न्याय मर्छ, मेरा बा र म, मान्छे जस्ता कविताहरु सर्वाेत्कृष्ट रहेको बताए । कविले कवितामा आक्रोश बढी पोख्नुका साथै वर्तमान राजनीति र देशप्रति आशा भन्दा निराशा धेरै व्यक्त गरेको समीक्षक बस्ताकोटीले बताए ।

कविता सङ्ग्रहका स्रष्टा भण्डारीले सामाजिक सञ्जालमा आफ्ना रचनाहरु प्रस्तुत गर्दै जाँदा आम पाठकले मन पराउदै जान थालेपछि विस्तारै पुस्तक रचना गर्न सुरु गरेको बताए । वादभन्दा माथि उठेर, जात भन्दा माथि उठेर समाजका यथार्थ पक्षहलाई कवितामा प्रस्तुत गरेको भण्डारी बताउछन् ।

शुक्ला साहित्य सङ्गम तनहुँकी अध्यक्ष टुकादेवी आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक (राजु), शुक्लागण्डकी नगरपालिकाका शिक्षा शाखा प्रमुख नवराज चापागाई, शुक्ला साहित्य सङ्गम तनहुँका संरक्षक शेषमणि आचार्य, पूर्व अध्यक्ष राजन रिमाल, आनन्दसुन्दर श्रेष्ठ, जनार्दश दहाल लगायतको उपस्थिती रहेको थियो ।

पञ्चमुनिदेव माध्यमिक विद्यालयका प्रधानाध्यापक समेत रहेका भण्डारीको ‘ढुङ्गा मान्छेहरु’ कविता सङ्ग्रहमा ५४ वटा कविताहरु रहेका छन् । उक्त कविता सङ्ग्रहरुको सम्पादन शुक्ला साहित्य सङ्गम तनहुँकी अध्यक्ष टुकादेवी आचार्यले गरेकी हुन् । सङ्ग्रहको आवरण सुनिता देवकोटा, लेआउट किरण विकले गरेका हुन् । भण्डारीको पहिलो कृति ‘निरुत्तर’ उपन्यास प्रकाशन भइसकेको छ भने दोस्रो कृतिका रुपमा ‘ढुङ्गा मान्छेहरु’ प्रकाशन गरेका छन् ।

👉 अन्य सम्बन्धित खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन
स्थानीय समाचार

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित
स्थानीय समाचार

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने
स्थानीय समाचार

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट
स्थानीय समाचार

अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट

May 12, 2026
गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा यसबर्ष ८७.५% उत्तीर्ण
स्थानीय समाचार

गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण

May 12, 2026
एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत
स्थानीय समाचार

एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

May 12, 2026

Comments 1

  1. yam sapkoa says:
    1 year ago

    कवि तथा श्रस्टा एकनारायण भण्डारीको परिचय यम सापकोटाले गराएका थिए। छुटेको समाचार

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

May 12, 2026
गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा यसबर्ष ८७.५% उत्तीर्ण

गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण

May 12, 2026
एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

May 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन
  • निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित
  • प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने
  • अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट
  • गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.