सदिक्षा रेग्मी
मानिस स्वभावैले स्वास्थ र निरोगी हुन चाहन्छ । यो मानवको एक स्वभाव मात्र नभई एक महत्वपूर्ण पक्ष पनि हो । भनिन्छ मानिसको स्वास्थ्य सवैभन्दा ठूलो धन हो । निरोगी रहनका लागि हामि धेरै प्रयत्न गर्छाैँ । व्यायाम शाला जान्छौँ । विहान उठेर हिड्छौँ, कुद्र्छाैँ । स्वस्थ रहनकै लागि हामि खेलकुदमा सहभागि हुन्छौँ । यी सवै हामि विहान उठेर बेलुका नसुतिन्जेल गर्ने मानवीय क्रियाकलापहरु स्वाथ्यका दृष्टिकोणबाट महत्वपूर्ण मानिन्छन् । यी सवै राम्रा बानि हुन् । नियमित योग गर्नु पनि राम्रो बानी मध्ये एक हो । यसवाट हामी अझै स्वस्थ रहन सक्छौँ ।
शरीर र मनका विकार हटाई तिनीहरुको मिलन गराउनु नै योग हो । अर्को शब्दमा भन्दा व्यक्तिको शारिरीक, मानसिक एवं इन्द्रिय प्रणालीमा सामन्जस्यता ल्याई उमेर, बातावरण र परिस्थिति अनुकुलको व्यायामको क्रियाकलाप नै योग हो । योगको प्रतिपादन महर्षि पतञ्जलीले गरेका हुन् । उनले आफ्नो योग दर्शनमा योगका आठ ओटा अङ्गको उल्लेख गरेका छन् । जसमा यम, नियम, आशन, प्रणायम, प्रत्याहार, धारणा, ध्यान र समाधी पर्दछन् । यम भन्नाले अनुशासन बुझिन्छ । यस अन्तर्गत अहिंसा, सत्य, अस्तेय, ब्रहमचर्य र अपरिग्रह पर्दछन् । योगमा लाग्ने सवैले यम अन्तर्गतका शारिरीक र मानसिक अनुशासनको पालना गर्नु आवश्यक छ । योगको दोश्रो अङ्ग नियम हो , जसको अर्थ आत्मअनुशासन भन्ने बुझिन्छ । आत्मअनुशासन विना सच्चा योगी हुन सकिदैन । यस अन्तर्गत सोच, सन्तोष, तप, स्वाध्याय र इश्वर प्राणिधान पर्दछन् । योगले आफुभन्दा सानालाई माया र ठूलालाई आदार सत्कार गर्न सिकाउँछ जुन मानव मुल्यका दृष्टीकोणबाट अति आवश्यक छ ।
शरिरलाई सुख र स्थीरतापूर्व राख्ने अभ्यास नै आशन हो । योगका आशन धेरै प्रकारका छन् । विधि पु¥याएर योगाशन गरेमा यसबाट अपेक्षित फाईदा लिन सकिन्छ । नियमित योगासन गर्र्नाले हामिले शारिरीक र मानरिक तवरबाट मुक्त हुन सकिन्छ ।
स्वास प्रस्वासको गतिविधिहरुलाई नियन्त्रण गर्नु नै प्रणायाम हो । स्वास नै जिवित प्राणीको जिवन हो भने मानिसको प्राण हो । हाम्रो स्वासको गति ठिक नभएसम्म मन शान्त हुँदैन । मनलाई राम्ररी सञ्चालन गर्न प्रणायाम गर्न आवश्यक छ । प्रणायामको माध्यमबाट दुषित स्वास बाहिर निकाल्ने र स्वच्छ अक्सिजन फोक्सोमा पु¥याउने गरिन्छ ।
मन तथा इन्द्रियलाई नियन्त्रणमा राखि अन्तरमुखि हुनु प्रत्याहार हो , मानव जिवनमा जे जति समस्या देखा परेका छन्, ति सवैको मुल कारण हाम्रा अनियन्त्रित इन्द्रिय नै हुन् । कुनै पनि काममा एकाग्रतापूर्वक लागिरहनु नै धारणा हो । एकाग्रताले जुनसुकै काममा पनि सफलता प्राप्तिको लागि मद्धत गर्छ ।
ध्यान र समाधि योगको विशेष चरण हुन् । कुनै पनि काममा आफ्नो मनलाई पुर्ण रुपमा केन्द्रित गर्नुलाई ध्यान भन्ने बुझिन्छ र जुनसुकै परिस्थितिमा भाव व्यक्त गरि मनमा आनन्दको अनुभूति हुनु नै समाधि हो ।
योगका यि विभिन्न अंगहरुको आ–आफ्नै महत्व रहेको छ । शारिरीक बनोट, तौल , उमेर , व्यक्तिगत परिस्थिति र समस्या अनुसार योगका विभिन्न अंगहरुको प्रयोग हुँदै आईरहेको छ । बर्तमान समयमा त झन् योगको धेरै प्रयोग हुँदै आईरहेको पाईन्छ । केन्द्रिय देखि हरेक जिल्ला हुँदै स्थानीय तहसम्म योग समिति एवंम् योग कल्वहरु सक्रिय भई विभिन्न कार्यक्रमहरु सञ्चालन हुँदै आईरहेको पाईन्छ । पछिल्लो समयमा बालबालिकाहरु विज्ञान र प्रविधिले ल्याएका नविनतम प्रविधिहरु जस्तै ः मोवाईल, ल्यापटप, कम्प्युटर, ट्यावलेट जस्ता साधनमा व्यस्त भई बजारीया पत्रु खाजाले शरिर विगारिरहेको देखिन्छ । समाजमा हुने हरेक सामाजिक गतिविधिमा समेत समावेश नभई मानवीय गुणबाट मानिस पछि हटिरहेको देखिन्छ । यस्ता समस्याको समाधानका लागि पनि योग महत्वपूर्ण मानिन्छ ।
अहिलेको समयमा मानिसमा अहमता बढेको छ । एकले अर्कोलाई तुलना गर्ने , देखासिकी गर्ने नहुँदो आडम्बरी पनले गर्दा मानवमा हुन पर्ने सामन्जस्यता, आपसि मेलमिलाप, विश्वबन्धुत्व हटेको देखिन्छ । सहयोग, सद्भाव, सहानुभूति एवम् समानुभूति जस्ता मानवीय गुणको अभाव अहिलेको मानिसमा देखिएको छ जुन सामाजिक एकताको लागि अपरिहार्य हुन्छ । योगको माध्यमबाट समाजका सदस्यविच आपसि सहयोग र सदाचारको पाठ सिकाउन, मानवमा मानवीय गुणको विकास गराउँदै समाजलाई सकारात्मक दिशातर्फ रुपान्तरण गर्न सकिन्छ । समाजको सक्रिय सदस्यको रुपमा आफुलाई स्थापित गराउँदै सहकार्य र सहअस्थित्वको भावना विकास गराई समाजको सकारात्मक परिवर्तनमा व्यक्तिमा योगको महत्व रहेको छ । वर्तमान समयमा त झन चिकित्सा विज्ञानको क्षेत्रमा समेत योगले स्थान पाईरहेको हामि देख्न सक्छौँ ।
व्यक्तिको अभिन्न अंगको रुपमा विकास हुँदै आइरहेको योगलाई तिन तहकै सरकारले उच्च प्राथमिकतामा राख्न अपरिहार्य छ । यसको लागि समाजका हरेक बालबालिकाहरु विद्यालयमा हुने हुँदा पाठ्यक्रममा योगका विभिन्न अंगहरु समावेश गरि विद्यालयको तल्लो कक्षा देखि योग, आशन तथा व्यायाम गराईनु पर्दछ । विद्यालय भनेको समाजको प्रतिविम्बन पनि हो । स्थानीय तहहरुले योग अभ्यास गराई विद्यार्थीहरुको शारिरीक, मानसिक एवम् इन्द्रिय सम्बन्धि विकासमा जोड दिने कार्यक्रम सञ्चालन गरिनुपर्दछ । स्थानिय स्तरका सामुदायिक संघ–संस्थाहरु ः आमा समूह, बाल कल्व, युवा कल्व, टोल विकास संस्थाहरुले पनि योग सम्बन्धि प्रयोगात्मक अभ्यासलाई कम्तिमा पनि महिनाको दुइपटक सञ्चालन गर्ने व्यवस्था गरेमा योगको विकास भई स्वस्थ जनशक्ति उत्पादनमा देशले गति लिन्छ जसले देश विकासमा टेवा पुग्न सक्छ भन्ने कुरामा दुईमत छैन । (लेखक तालवेसी माविका कक्षा ७ मा अध्ययनरत छिन ।
(सुझाव तथा प्रतिक्रियाको लागि:[email protected])