• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ भाद्र १७
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home विचार

स्वास्थ्य जीवनका लागि सामाजिक पुंजी

हरि खरेल by हरि खरेल
November 20, 2023
in विचार
Reading Time: 12 mins read
A A
0
Share on FacebookShare on TwitterEmail this

मानिसले आफ्नै जीवनमा आर्जन गरेको सामाजिक सम्पत्ती, आफुलाई आबश्यक परेको बेलाआर्थिक पुंजीभन्दा कयौं गुणा बढी उपयोगी हुँदो रहेछ । कर्मस्थलमा रहेका बिभिन्न पेसा र व्यवसायमा संलग्न साथि संगीहरुको बिचको संबन्धलाई प्रगाढ बनाउने उदेश्यले स्थापित ढोरेली सेवा समाज काठमान्डुको एक सदस्य हुनुका नाताले मैले हालै स्वास्थ्यलाभको क्रममा अस्पतालमा रहंदा यो संस्थाका सदस्यहरुबाट जुन तहको सहयोग र सदभाब पाए, त्यो पैसासंग तुलना हुन सक्दैनथ्यो । यद्यपी आफ्नो कमाइको केहि अंश चाहिएको बेलामा सहज रुपमा उपयोग गर्न सक्ने गरि बचत गर्ने अभ्यास गरेको खण्डमा त्यो रकमका कारण बिरामी पर्दा आबश्यक सामग्री तत्काल जोहो गर्न सहज हुने हुँदा यसबाट स्वास्थ्य लाभमा थप योगदान पुग्ने रहेछ । साथै अनपेक्षित अवस्थाको आंकलन गर्ने र त्यससंग जुध्नको लागि पूर्व तयारि गर्ने अभ्यास गर्ने गरेको खण्डमा, यसले जीवन जिउनको लागि सहज बनाउन थप मद्दत गर्ने रहेछ । डेंगुको संक्रमणको कारण मलाई यसपालिको दशैंमा अस्पतालमा भर्ना हुनुपर्यो र सो रोगबाट मुक्ति पाउनको लागि मैले आर्जन गरेको सामाजिक पुँजीले खेलेको भूमिकालाई उजागार गर्दै सामाजिक कार्यमा संलग्न हुन प्रेरणा जगाउने उदेश्यले यो लेख लेखिएको छ ।

ड़ा शन्त कुमार दासको सिफारिस अनुसार डेंगु परिक्षणको लागि ग्रिनसिटि अस्पताल, काठमान्डूको प्रयोगशालामा मेरो रगत दिइयो । रगत परिक्षण प्रतिबेदनको आधारमा म अस्पताल तत्काल भर्ना हुनुपर्ने भयो । अस्पतालमा भर्ना भई उपचार गर्नुपर्ने अवस्था मेरो लागि अनपेक्षित थियो, किन पनि भने यस भन्दा पहिले कहिल्यै अस्पतालमा भर्ना भएर बसेको संझना मलाई थिएन । अस्पतालमा भर्ना भएको भोलिपल्ट बिहान दोश्रो पटकको रगत परिक्षण प्रतिबेदन अनुसार मेरो रगतमा प्लेत्लेटको संख्या १९,००० को हाराहारीमा पुगेको रहेछ । जब कि, स्वास्थ्य मानिसको सरिरमा प्लेट्लेट्सको संख्या २,५०,००० देखि ४,००,००० को बिचमा हुनु पर्दछ । समयमै आबश्यक रगतको जोहो गर्नुपर्ने र नभएमा यसले स्वास्थ्यलाई जटिलतातर्फ धकेल्न सक्ने जानकारी रक्तपरिक्षण प्रयोगशालाका मानिसले गराएका थिए । उनका अनुसार, यदी समयमै रगत उपलब्ध भएन भने कहिले काही यसैको कारण नाक, मुख, लगाएत अन्य स्थानबाट समेत रगत बग्ने सम्भावना हुने रहेछ । यो भनाई मेरो लागि अर्को अनपेक्षित झड्का थियो । उनको सल्लाहअनुसार ढोरेली सेवा समाजका साथीहरुको सहजीकरणका कारण तत्कालको लागि आबश्यक दुई पोका प्लेत्लेट्सको जोहो भयो । माथि उल्लेखित प्रयोगशाला पदाधिकारीले भने झैँ, सोहि दिन राति ११ बजे नाक एबं मुखबाट रगतको मूल फुट्यो, र यसले परिस्थितिलाई अर्को जटिलता तर्फ धकेल्यो ।

समस्याको गाम्भीर्यतालाई मध्यनजर गर्दै, तत्काल मलाई आइ सी यु मा भर्ना गरियो । आई सी यु मा भर्ना भए पश्चात बिहान ६ बजे भित्र ढोरेली सेवा समाजका साथीहरु खासगरी मदन पौडेल (भक्कल), तारा राउत, गोविन्द मरासिनी, खेम मरासेनी, धर्म अर्याल र तारा काफ्ले तथा छोरा समिपको साथि अनुजको प्रयासमा आबश्यक थप ४ पोका प्लेत्लेट्स अस्पताल प्रशासनलाई उपलब्ध गराइयो । तारा काफ्ले र मेरो छोराको साथि अनुजको तिन जना साथीहरुबाट आबश्यक रगत दान गरियो । यसरी अनपेक्षित घटनाको सामना गर्नको लागी ढोरेली सेवा समाज मेरो लागि एउटा ठुलो सामाजिक पुंजी बन्न सक्यो जसलाई चाहिएको बेलामा उपयोग गर्न सकियो । मलाई प्राप्त प्लेत्लेट्स म संगको पैसाले मात्रै नभई मेरो सामाजिक संबन्धको कारण समयमा सम्भब भएको थियो । तसर्थ, सामाजिक सेवामा आफुलाई समर्पित गर्दै त्यसबाट आर्जित पुंजी बचाउन सक्यो भने त्यो नै चाहिएको बेला काम लाग्ने रहेछ ।

मानिसका लागि अत्याबश्यक सामाजिक संबन्ध मुख्यत पांच किसमका हुदा रहेछन । समग्र सामाजिक संबन्धलाई एउटा वृत्त मान्यो भने, वृत्तको केन्द्र अर्थात सबैभन्दा महत्वपूर्ण स्थानमा आफ्नो परिवार हुँदो रहेछ । त्यो जटिल अवस्थामा श्रीमती, बुवा, भाई बुहारी र मेरो छोराको सामिप्यतामा हुन पाउनु मेरो जीवनको लागी अहोभाग्य थियो । बुवाले इस्ट मित्रहरुसंगसंग भलाकुसारी गर्नु का साथै मेरो स्वास्थ्यको बिषयमा बिशेष चासो राख्दै आबश्स्य्कता अनुसार मलाई हौसाला दिनुहुन्थ्यो । भाई बुहारी ले म लगाएत परिवारका संपुर्ण सदस्यको खानपानको व्यवस्था गर्नुका साथै घरको समग्र व्यवस्थापनमा खेलेको भूमिका अब्बल थियो । त्यसैगरी, छोराले आबश्य्कता अनुसार आफ्ना साथिहरु समेत परिचालन गर्नुका साथै इस्टमित्रलाई मेरो तत्कालिन अवस्थाको बारेमा सुचना प्रबाह गरेका थिए । यसरी परिवारको उपस्थिति एबं मायाँ र सद्भावले मलाई केवल आफ्नो स्वास्थ्य बाहेक अन्य घरयासी समस्याको बारेमा जानकारी नराख्दा पनि पुगेको थियो । यसले अन्तत छिटो उपचार पद्दतिमा समेत सहयोग पुगेको बिस्वाश मलाई थियो। तसर्थ, सफल जिबन यापनका लागी पहिलो घेरा अर्थात घर परिवार संगको संबन्धलाई उच्च प्राथमिकतामा राख्नु अत्याबश्य्क हुने रहेछ ।

केन्द्रबाट बाहिरको दोश्रो घेरा भित्र छिमेकीहरु हुँदा रहेछन । उनीहरुसंगको संबन्ध घर परिवार पछिको दोश्रो महत्वपुर्ण हुँदो रहेछ । घर नजिकैको छिमेकी बहिनि जो हामीसंगै अस्पताल गएकि थिइन, उनको भूमिका खासगरी अस्पताल संगको सम्पर्क सुत्रका साथै बिरामीको परिवारलाई आबश्यक सामग्री जुटाईदिनु रहेको थियो । त्यस्तै, छिमेक कै भान्जाको बिशेष अनुरोधमा अस्पताल प्रशासनले दबाइको कुल लागतमा केहि भाग सहुलिएत गरिदिएको थियो । तसर्थ, छिमेक संगको संबन्ध परिवार पछिको दोश्रो महत्वपुर्ण हुँदो रहेछ । मेरो जन्मस्थान ढोर क्षेत्रबाट काठमान्डूमा रही विभिन्न पेसा र व्यवसायमा संलग्न मानिसहरुको संबन्धलाई स्थापित गर्नको लागि बि।सं २०६४ मा स्थापित ढोरेली सेवा समाजको भूमिका घेराको केन्द्र भाग देखि बाहिर तेश्रो तहमा हुँदो रहेछ । यस संस्थाको आजिवन सदश्य हुनुका नाताले पनि, मेरो जीवनमा त्यस संस्थाका अगुवाहरुको भूमिका निकै महत्वपुर्ण रह्यो । त्यो कठिन घडीमा, आबश्यक रगतको जोहो यही संस्थाका सहयोगबाट सम्भब हुन सक्यो । वृत्तको अर्को महत्वपूर्ण भाग आफ्नै कार्यालयले ओगट्ने रहेछ । मेरो तात्कालिन अवस्थाको सुचना प्राप्त हुनासाथ आबश्यक रगत प्रदान गर्न मेरो कार्यालयको सहकर्मी भाइ आशिस कपाली साथै सबै साथीहरुबाट सदभाब र आसिर्बादका सब्दहरु प्राप्त भएका थिए ।

अन्तमा, सबैभन्दा बाहिरि घेरामा संबन्धित बिषय बिशेसंग्य, इस्ट(मित्र, नाता, र राजनैतिक व्यक्तित्वसंगको संबन्ध हुदो रहेछ । यस किसिमको संबन्धले प्राबिधिक सल्लाह एबं सेवा र सुबिधा प्राप्तिमा केहि सहज हुदो रहेछ । प्रतिनिधि सभा सदश्य भाई प्रदिप पौडेल संग आइ सी यु मा भएको भेट पश्चात डा। सन्त कुमार दासले मलाई थप सान्त्वना र हौसला दिने गर्दथे । त्यस्तै मेरा आफन्त ड़ा। सुनिता, ड़ा। संजीब गौतम र ड़ा। पटेलको परोक्ष्य वा प्रतक्ष्यभेटबाट प्राप्त रोग संबन्धि जानकारी र हौसला मेरो स्वास्थ्य लाभको लागि सहयोगी भएको अनुभब म संग रहेको छ ।

सामाजिक पुँजीको महत्व आफुलाई अप्ठेरो परेको बेलामा बोध हुँदो रहेछ । तसर्थ, बिध्यमान अवस्थामा, जहा सरकारले नागरिकको स्वास्थ्यको अधिकारको लागि न्युनतम दायित्व समेत निर्बाह गर्न नसकिरहेको बेलामा आफु जन्मेको स्थान विशेषका मानिसहरु संगको संबन्धलाई संगठित संस्था मार्फत प्रगाढ बनाउने प्रयत्न गर्नु आबश्यक छ । समय र परिस्थिअनुसार मैले आफुलाई शुक्लागण्डकी अन्तर्गतपर्ने ढोरक्षेत्रसंग संबन्धित भई काठमान्डुमा क्रियाशील ढोरेली सेवा समाजमा केहि योगदान दिने अवसर प्राप्त गर्ने गरेको छु । यसबाट आफ्नो जन्मस्थलका सदश्यहरु संगको संबन्धलाई प्रगाढ बनाएको र यो संबन्ध मलाई बिरामी पर्दाको त्यो अप्ठेरो क्षणमा ज्यादै उपयोगी भएको थियो ।

कमाइको केहि हिस्सा रकम आफ्नै स्वास्थ्यको लागि संग्रह गर्नु पर्दछ । परिस्थिति सधै एकनासको हुँदैन । नेपाल जहाँ सरकारको भरोसा जनतामा छैन, त्यस्तो ठाउँमा स्वाथ्य प्राप्तिको लागि सकेसम्म बैंकमा केहि रकम सधैको लागि जोहो हुनु आबश्यक छ । अन्यथा, बिरामीले आफ्नो स्वास्थ्य र पैसाको संगसंगै चिन्ता गर्नुपर्ने हुन्छ जुन सार्है पीडादायी हुन्छ । जसको कारण यसले छिटो स्वास्थ्य लाभ प्राप्तिको मार्ग बिलम्ब हुन सक्दछ । तसर्थ, केहि रकम आबश्यक पर्दा सजिलै उपयोग गर्न सक्ने किसिमले व्यवस्था हुँदा यसले स्वास्थ्य लगायत अन्य कामको सम्पादनमा समेत सहजता पुर्यौदछ । छोटकरीमा, आर्थिक एबं सामाजिक पुंजीको समिश्रणले मानिसको सहज जीवन यापनमा सहयोग पुग्दो रहेछ। सामाजिक संघ संस्था मार्फत आफुलाई क्रियासिल गराउन सकेको खण्डमा सामाजिक सम्पत्ती आर्जन गर्न सकिन्छ र यो चाहिएको अवस्थामा उपयोग गर्न सकिन्छ। तसर्थ, हरेक व्यक्तिले आर्थिक सम्पत्तिका साथै सामाजिक पुँजी आर्जनमा केहि लगानी गर्ने अभ्यास गरेको खण्डमा यसलाई आबश्यक पर्दा सहजै उपयोग गर्न सकिन्छ र अन्तत यसले जीवन जिउन सहज बनाउदछ ।

लेखक : एकराज सिग्देल 

👉 अन्य सम्बन्धित खबरहरु

प्रविधिको उपयोग नै देश विकासको मुख्य आधार हो
विचार

प्रविधिको उपयोग नै देश विकासको मुख्य आधार हो

July 4, 2025
रक्तश्रावका अश्रुजल पीडाहरू
विचार

रक्तश्रावका अश्रुजल पीडाहरू

February 8, 2025
आफु र समाजका लागि योग
विचार

आफु र समाजका लागि योग

June 21, 2024
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका
विचार

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
सोह्र श्राद्ध के हो र किन गरिन्छ ?
विचार

सोह्र श्राद्ध के हो र किन गरिन्छ ?

September 28, 2023
सम्वृद्धिको आधार सामुदायिक बन
विचार

सम्वृद्धिको आधार सामुदायिक बन

March 21, 2023
Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स

क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स

August 8, 2026
कुश्मावतीको भवन हस्तानतरण

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
धादिङको बस दुर्घटना शुक्लाका ३ जनाको मृत्यु, ३ घाइते

धादिङको बस दुर्घटनामा शुक्लाका ३ जनाको मृत्यु

February 23, 2026
सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • कुश्मावतीको भवन हस्तानतरण
  • क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
  • वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
  • सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै
  • क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.