काठमाडौँ | भाेलि अर्थात् जेठ १९ गतेदेखि सार्वजनिक यातायात देशभर अनिश्चितकालीन रूपमा बन्द हुने भएको छ । गण्डकी प्रदेश सरकारले राइड सेयरिङलाई वैधानिकता दिने निर्णय विरूद्धमा यातायात व्यवसायीहरूले देशभर सार्वजनिक यातायात ठप्प पार्ने घोषणा गरेका हुन् ।
पहिलो चरणमा जेठ १५ गतेदेखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द गरेर यातायात व्यवसायीले आन्दोलन गरेका थिए । आन्दोलनका माग पूरा नभएपछि देशभरि नै जेठ १९ गतेबाट अनिश्चितकालीन बन्दकाे घाेषणा भएको हाे ।
‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को नेतृत्वमा लिइएको आन्दोलनको दोस्रो चरण अन्तर्गत सार्वजनिक यातायात गाडीहरू ग्यारेजमै राख्ने निर्णय भएको हो।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईका अनुसार सरकारले राइड सेयरिङलाई वैधानिकता दिन थालेपछि व्यवसायीहरू आन्दोलित भएका हुन् ।