दुलेगौंडा । तनहुँको शुक्लागण्डकीका दुई युवा ‘मेरो डान्स युनिभर्स सिजन–२’ को स्टेजमा देखा परेका छन् । शुक्लागण्डकीका शेरबहादुर क्षेत्री र रोशन गुरुङले छनोट चरण पार गर्दै अघिल्लो चरणमा प्रवेश गरेका हुन् । क्षेत्री यस सिजनकाे दाेस्राे एपिसाेडमा देखा परेका छन् भने गुरूङ तेस्रो एपिसाेडमा देखा परेका छन् ।
शेरबहादुर क्षेत्री शुक्लागण्डकीको दुलेगौंडामा बस्दै आइरहेका थिए । हाल उनी काठमाण्डौं विभिन्न नाच घरमा नृत्य गर्दै आफ्नो जिविकोपार्जन गर्दै आईरहेका छन् । उनले विभिन्न गीतहरुमा मुख्य भूमिकामा रही आफ्नो भूमिका पनि निर्वाह गरिसकेका छन् ।
रोशन गुरुङ शुक्लागण्डकीमा जन्मिए पनि हाल उनी युके बसोबास गर्दै आइरहेका छन् । दुलेगौंडामा आर जि डान्स सेन्टर सञ्चालन गरी थुप्रै प्रतिभाहरुलाई जन्म दिइसकेका गुरुङले थुप्रै म्युजिक भिडियोमा कोरियोग्राफरको भूमिका निर्वाह गरिसकेका छन् ।
मेरो डान्स युनिभर्सकाे विजेताले जनही एक करोड, उपविजेताले २० लाख र दोस्रोले १० लाख रुपैयाँसँगै अरु विभिन्न पुरस्कार प्राप्त गर्ने छन् , ‘मेरो डान्स युनिर्भस’मा निर्णायकको रुपमा अभिनेत्री मिथिला शर्मा, अभिनेता दिलीप रायमाझी, नृत्य निर्देशक शंकर बिसी, किरण थापा र अभिनेत्री शिल्पा मास्के छन् ।