दुलेगौंडा । बाेनम्याराेकाे क्यान्सर पिडित साढे ७ बर्षका सायन खत्रीकाे उपचारका लागि माउन्ट अन्नपूर्ण एकेडेमी खैरेनीटारका विद्यार्थी समूहले आर्थिक सहयोग गरेका छन् । साेमबार विद्यार्थी समूहले आफूहरू मध्यबाटै सङ्कलन भएको १७ हजार रूपैयाँ `सायान खत्री बचाउ अभियान´का संयाेजक राजेश पाण्डेलाई हस्तान्तरण गरेका हुन् ।
शुक्लागण्डकी नगरपालिका-७ स्याउलीबजारका सायन खत्रीकाे उपचारमा परिवारले आर्थिक सहयोगकाे अपिल गरेको छ । हाल खत्रीको उपचार भारतकाे दिल्ली स्थित म्याक्स हस्पिटलमा भईरहेकाे छ । परिवार स्राेतका अनुसार खत्रीकाे बाेनम्याराे प्रत्यारोपण कार्य भइसकेको र करिब १ महिना आईसियुमा राखेर उपचार गर्नुपर्ने छ ।
विद्यालयमा पढ्नुपर्ने बेलामा अस्पतालकाे बेडमा उपचारका लागि बस्नुपर्ने अवस्था रहेकाे हुदाँ अभियान सञ्चालन गरेकाे अभियानका संयाेजक राजेश पाण्डेले बताए । साेमबार सम्ममा अभियानले नगद ४३ लाख ७० हजार ५५५ रूपैयाँ संकलन गरिसकेकाे छ ।