• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ जेष्ठ २८
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home विचार

सम्वृद्धिको आधार सामुदायिक बन

हरि खरेल by हरि खरेल
March 21, 2023
in विचार
A A
1
सम्वृद्धिको आधार सामुदायिक बन
Share on FacebookShare on TwitterEmail this

लेखक : एकराज सिग्देल

शुक्लागण्डकी नगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्रका सामुदायिक बन र त्यसका पर्यटकीय, जलाधार, कार्बन संचिति, काष्ठ एबं गैह्रकाष्ठको ब्यबसायिक महत्वलाई उजागर गर्दै, सामुदायिक बन उपभोक्ता समुह र डिभिजन बन कार्यालयको समन्वय एबं सहकार्यमा दिगो बन ब्यबस्थापन प्रणालीलाई योजनाबद्ध रुपमा अवलम्बन गर्न सघाएको खण्डमा सामुदायिक बनबाट मात्रै पनि नगरपालिकाले मनग्य राजस्वको लाभ उठाउन सक्दछ । यसको लागि नगरपालिकाको सहजीकरण एबं समन्वयकारी भूमिकाको आबश्यकता रहन्छ ।

देशको अन्यत्र भू(भागमा झैँ, शुक्लागण्डकी नगरपालिमा सामुदायिक बन व्यवस्थापनको प्रणाली अबलम्बन गरे पश्चात बनको हैसियेत एबं उत्पादकत्व बढ्दै गएको छ । सामुदायिक बनको स्वीकृत कार्ययोजनामा निर्दिस्ट उदेश्य अनुरुप उपभोक्ताहरुको आधारभूत आबश्यकता आपूर्ति हुँदै गएको छ । काठ, घास एबं दाउराको आधारभूत आबश्यकता पूर्ति हुनाका कारण ग्रामिण गरिबी न्यूनीकरणमा सामुदायिक बनले उल्लेखनीय योगदान पुरयाएको छ। समयक्रममा आधुनिकता र प्रविधिको बिकाससंगै प्राकृतिक श्रोतमा आधारित आयआर्जन भन्दा सेवामा आधारित रोजगारका अवसरमा युवाहरुको आकर्षण बढ्दै गएको छ। गुणात्मक सिक्षा, रोजगारीको अवसर र सुबिधाको खोजीमा युवाहरु गाउँबाट विदेश पलायन भएसंगै रेमिटेन्स मार्फत गाउँमा रहेका उनीहरुका परिवारको आम्दानि बढ्न थालेको छ। ग्रामिण भेगका अधिकांश मानिसहरु अब घास दाउराको लागि जंगलमा गइरहनु नपर्ने भएको छ । स्थापनाकालको निर्वाहमुखी अवधारणामा आधारित बिध्यमान सामुदायिक बन व्यवस्थापन प्रणालीलाई बैज्ञानिक एबं ब्यबसायिक प्रयोजनमा आधारित व्यवस्थापन पद्दतितर्फ रुपान्तरण गर्नुपर्ने समयको माग रहेको छ । ग्रामिण समुदायको सामाजिक एबं आर्थिक अवस्थामा आएको परिवर्तन र उनीहरुको बनसंगको अन्तर संबन्धमा आएको फेरबदललाई आत्मसाथ गर्दै नेपाल सरकारले हालैका दिनहरुमा बन व्यवस्थापन नीति तथा नियमहरु परिमार्जन समेत गरेको छ ।

स्थानीय सरकार संचालन ऐन, २०७४ ले आफ्नो मातहतका प्राकृतिक श्रोतको व्यवस्थापन गर्ने अधिकार प्रदान गर्नुका साथै राजस्व संकलन गर्न पाउने छुट समेत नगरपालिकाहरुलाई प्रदान गरेको छ । उक्त कानुनले नगरपालिकाभित्रका ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक स्थलहरूको पहिचान एबं संरक्षण गरी पर्या(पर्यटन प्रर्वद्धन गर्ने र सो बाट सेवा शुल्क उठाउने आधिकार स्थानीय सरकारलाई दिएको छ । त्यस्तै, ढुंगा, गिट्टी, बालुवा, काठ, दाउरा, आदिको बिक्री तथा निकासी शुल्क बापतको लाभांश प्राप्त गर्ने अधिकार कानुनले नगरपालिकालाई दिएको छ । यी प्राकृतिक श्रोतहरुको उचित संकलन र व्यवस्थापन गर्न सकेको खण्डमा नगरपालिकाले राजस्व उल्लेखनीय मात्रामा वृद्धि गर्न सक्दछ । नगरपालिका मातहतका सार्बजनिक बाँझो एबं ऐलानी जग्गाहरुमा फलफुल, जडीबुटी, बृक्षारोपण गरी आयआर्जन गर्ने, जडीबुटी कर, र सामुदायिक बनबाट १०५ रकम नगरपालिकाको संचिति कोषमा जम्मा गर्न सक्ने कानुनि अधिकार नगरपालिकालाई प्राप्त छ । शुक्लागण्डकी नगरपालिकाको आ।ब। २०७९÷८० को अनुमानित आय रु।करिब १ अरब ५१ करोड मध्य १९५ आन्तरिक राजश्वबाट प्राप्त गर्ने अनुमान गरेको पाइन्छ। कुल अनुमानित आम्दानीको ८ ५ हिस्सा ढुंगा, गिट्टी र वालुवाबाट उठ्ने अनुमान गरिएको छ ।

सामुदायिक बनबाट प्राप्त हुन सक्ने राजस्व आम्दानीलाई नगरपालिकाले हालसम्म आंकलन गरेको छैन । सामुदायिक बन र त्यसका पर्यटकीय, जलाधार, कार्बन संचिति, काठ एबं गैर्ह काष्ठको ब्यबसायिक महत्वलाई उजागर गर्दै डिभिजन बन कार्यालयको समन्वय एबं सहकार्यमा दिगो बन ब्यबस्थापन प्रणालीलाई योजनाबद्ध रुपमा कार्यान्वयन गर्न मद्दत गरेको खण्डमा सामुदायिक बनबाट मात्रै पनि नगरपालिकाको आम्दानीमा उल्लेखनीय मात्रामा बढोत्तरी हुन सक्दछ । सामुदायिक बनबाट राजश्व प्राप्तिका लागि, नगरपालिकाले स्थानीय सरकार संचालन ऐनले निर्दिस्ट गरे बमोजिमका दायित्व भने पुरा गर्नुपर्ने हुन्छ । ऐनमा व्यवस्था भए बमोजिम सामुदायिकवन उपभोक्ता समूहको प्राविधिक, व्यवस्थापकीय, एबं संस्थागत क्षमता विकास गर्नेस नगरपालिका क्षेत्रभित्रको जडिबुटी तथा अन्य गैरकाष्ट वन पैदावरको सर्वेक्षण, उत्पादन, संकलन, प्रवर्द्धन, प्रशोधन र वजारको व्यवस्थापन गर्नेस र सामुदायिक वन उपभोक्ता समितिले वन पैदावार विक्री तथा उपयोग गर्न बनाएको वार्षिक कार्ययोजनालाई स्वीकृत गरी कार्यान्वयन गर्न सहजीकरण गर्ने जस्ता क्रियाकलापलाई नगरपालिकाले सहयोग गर्नुपर्दछ ।

 

स्थानीय सरकार संचालन ऐन, २०७४ मा उल्लेख भएअनुसार स्थानीय सरकारले प्राकृतिक श्रोत व्यवस्थापनमा प्रदेश तथा संघीय सरकारसंगको सहकार्य तथा समन्वयलाई उत्तिकै ध्यान दिनुपर्ने हुन्छ। आफ्नो सिमानाभित्रका समुदायमा आधारित वन, निजी वन, कृषि वन, वनमा आधारित उद्योगहरु संचालन तथा व्यवस्थापन, प्राणी तथा वनस्पति उद्यानहरुको स्थापना, संरक्षित क्षेत्रको पहिचान एबं व्यवस्थापन, सिमसार क्षेत्र, र पर्या(पर्यटन प्रवर्द्धन जस्ता क्रियाकलाप गर्नको लागि संघ तथा प्रदेश सरकारको नीति तथा कानुन संग नबाझिने नगरपालिकाको छुट्टै वातावरण एबं प्राकृतिक श्रोत संरक्षण ऐनको तर्जुमा गरि कार्यान्वयन गर्नु पर्दछ ।

मुलुक संघीय संरचनामा गएसंगै बनेका बनसंग संबन्धित नियम तथा नियमावलीले बन व्यवस्थापनमा स्थानीय सरकारको भूमिकाको आबश्यकतालाई आत्मसाथ गरि उनीहरुलाई थप अधिकार दिएका छन् । वन(ऐन(२०७६ ले सामुदायिक बन संरक्षण तथा दिगो उपयोगमा स्थानीय सरकारलाई सहजीकरण र समन्वयकारी भूमिकाको अधिकार दिएको छ । उपभोक्ता समूहको चाहना र आवश्यकताको आधारमा वन व्यवस्थापनलाई प्रभावकारी बनाउन उपभोक्ता समूहले सम्बस्न्धित स्थानीय तहको परामर्शमा सामुदायिक बनको कार्ययोजना बनाउनु पर्ने प्राबधानलाइ बन नियममा समेटिएको छ । उपभोक्ता समूहले सामुदायिक बनबाट आर्जित गरेको कुल रकमको पच्चीस प्रतिशत वनको बिकास, संरक्षण र व्यवस्थापनमा खर्च गरि गरी बाँकी रहेको रकमको कम्तिमा पचास प्रतिशत रकम संबन्धित स्थानीय तहसँग समन्वय गरी गरिबी न्यूनीकरण, महिला ससक्तिकरण, उद्यम बिकासका कार्यमा खर्च गर्नुपर्ने प्राबधानलाई वन(ऐन(२०७६ मा समेटिएको छ ।

बन नियमावली २०७९ ले स्थानीय सरकार तथा निजि क्षेत्रको सहकार्यमा सामुदायिकबन क्षेत्रमा स्वीकृत कार्ययोजनामा उल्लेखित बिभिन्न ब्यबसायिक क्रियाकलाप हरु गर्न सक्ने अधिकार सामुदायिक बन उपभोक्तालाई दिएको छ । स्थानीय सरकारलाई संबन्धित उपभोक्ता समुहको साझेदारीमा, सामुदायिक बनको कूल भू(भागको ५५ वा ५ हेक्टर जमिनमा नबढाई पर्यापर्यटन, जडी बुटी खेति, कार्बन सेवा तथा व्यपारमा पहल गर्न सक्ने अधिकार वन नियमावली २०७९ ले स्थानीय सरकारलाई दिएको छ । उक्त नियमावली अनुसार स्थानीय सरकारले आफ्नो मातहतका सामुदायिक बन उपभोक्ता समूहको अभिलेख अध्यावधिक राख्ने र सामुदायिक बन उपभोक्तालाई आबश्यक क्षमता बिकासका क्रियाकलापमा सहयोग तथा सहजीकरण गर्नुपर्दछ ।

नगरपालिकाले आफ्नो मातहतमा रहेका सामुदायिक बन व्यवस्थापनको माध्यमबाट समुदायको बिकास, नगरपालिकाको राजश्वमा बढोत्तरी र बनको दिगो बिकासमामा उल्लेखनीय योगदान दिन सक्दछ । यसको लागी, नगरपालिकाले सहयोगी भावना साथ स्थानीय सामुदायिक बन उपभोक्ता समूह, बन कार्यालय, निजि क्षेत्र, प्रदेश सरकार र संघीय सरकारसंग समन्वय तथा सहकार्यको लागि बिशेष पहल हुनु आबश्यक छ । यसको लागि प्रस्थान बिन्दुको रुपमा कानुन तथा नियमावलीले निर्दिस्ट गरे बमोजिमका दायित्व निर्वाह गर्नका लागि नगरपालिकाले सामुदायिक बन उपभोक्ताहरुको समेत सहभागितामा आगामी आर्थिक बर्षको कार्ययोजना बनाउनु पर्दछ र उपभोक्ताहरुको क्षमता बिकासको लागि आबश्यक रकम समेत बिनियोजन गर्नुपर्दछ ।

👉 अन्य सम्बन्धित खबरहरु

प्रविधिको उपयोग नै देश विकासको मुख्य आधार हो
विचार

प्रविधिको उपयोग नै देश विकासको मुख्य आधार हो

July 4, 2025
रक्तश्रावका अश्रुजल पीडाहरू
विचार

रक्तश्रावका अश्रुजल पीडाहरू

February 8, 2025
आफु र समाजका लागि योग
विचार

आफु र समाजका लागि योग

June 21, 2024
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका
विचार

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
विचार

स्वास्थ्य जीवनका लागि सामाजिक पुंजी

November 20, 2023
सोह्र श्राद्ध के हो र किन गरिन्छ ?
विचार

सोह्र श्राद्ध के हो र किन गरिन्छ ?

September 28, 2023

Comments 1

  1. Pingback: सम्वृद्धिको आधार सामुदायिक बन | Bishow Nath Kharel

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

May 12, 2026
गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा यसबर्ष ८७.५% उत्तीर्ण

गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण

May 12, 2026
एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

May 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन
  • निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित
  • प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने
  • अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट
  • गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.