दुलेगौंडा । ज्ञान बगैंचा इङलिस बाेर्डिङ स्कुलले आयाेजना गरेको दाेस्राे एसइइ फुटसल प्रतियोगिताकाे उपाधि आयाेजक ज्ञान बगैंचाले हात पारेको छ ।
बिहिवार भएको फाइनल खेलमा ज्ञान बगैंचाले माउण्ट अन्नपूर्ण एकेडेमीलाई २-० गाेल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हाे । प्रतियोगिताकाे पहिलो सेमिफाइनलमा माउण्ट अन्नपूर्ण एकेडेमीले निर्मल माविलाई १-० गाेलले पराजित गर्दै फाइनलमा पुगेको थियाे भने दाेस्राे सेमिफाइनल खेलमा आयाेजक ज्ञान बगैंचाले तालवेसी माविलाई १-० गाेल अन्तरले पराजित गरेको थियाे ।
प्रतियोगितामा विजेता आयाेजक ज्ञान बगैचाले नगद १५ हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता माउण्टले नगद १० हजार साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताका विजेतालाई ज्ञान बगैंचा स्कुलका संस्थापक बाबुराम कार्की र स्कुलका प्रअ सुरेस पाैडेलले पुरस्कार वितरण गरेका थिए ।
यसैगरी प्रतियोगितामा विधागत तर्फ माउण्टका खेलाडीहरूले उपाधि हात पारे । जहाँ माउण्टका प्रनिश कायस्थले म्यान अफ दि म्याच र सर्वाधिक गाेलकर्ता घाेषित भए भने माउण्टकै एल्सन खाँड सर्वाेत्कृष्ट खेलाडी घाेषित भए ।
एसइइ दिएर बसेका विभिन्न विद्यालयका विद्यार्थीबिच सुमधुर सम्बन्ध कायम गर्न यस प्रतियोगिताले सहयाेग गर्ने प्रतियोगिताका खेल संयाेजक विनाेद पाैडेलले बताए ।प्रतियोगितामा तनहुँ र कास्कीका विभिन्न विद्यालयका २४ टिम सहभागी रहेको पैडेलले बताए ।