दुलेगौडा । पन्चमुनिदेव माध्यमिक विद्यालयका सुशान्त सिग्देलले माध्यमिक शिक्षा परीक्षा एसइइमा शुक्लागण्डकी टप गरेका छन् । सिग्देलले कुल ३.९७ जि.पि.ए प्राप्त गर्दै शुक्लागण्डकीमा उत्कृष्ट नतिजा ल्याउन सफल भएका हुन् ।
शुक्लागण्डकीबाट साधारण धारतर्फ १ हजार १६५ जना र प्राविधिक धारतर्फ ८१ जना विद्यार्थीले परीक्षा दिएका थिए ।