दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाले ३ जना नगर प्रहरी नियुक्त गरेको छ । साेमबार प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लाम्गादेले रामकृष्ण थापा, सन्ताेष कुमार श्रेष्ठ र मानबहादुर थापा मगरलाई नियुक्त गरेका हुन् ।
नगरले फायर फाइटरकाे रूपमा ३ जना नगर प्रहरीलाई करारमा नियुक्ति गरेको नगर प्रहरी प्रमुख रामशरण कार्कीले बताए । नियुक्त कर्मचारीलाई अग्नि नियन्त्रण(दमकल) सञ्चालन साथै नगरले ताेकेकाे अन्य काममा परिचालन गर्ने बताए ।
यसअघिसम्म शुक्लागण्डकीमा ५ जना नगर प्रहरी रहेकाेमा हाल ८ जना नगर प्रहरी रहेका छन् ।