नेपाल सरकारले तोके बमोजिम माघ ७ गते देखि सरकारी कार्यालय, होटेल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, पार्क जस्ता क्षेत्रमा प्रबेश गर्न अनिवार्य रुपमा खोप कार्ड देखाउनु पर्ने नियम लागु हुने भएको छ । तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैरेले सूचना जारी गरी माघ ७ गतेबाट खोप कार्ड अनिवार्य गरिएको बताएका छन् ।