दुलेगौंडा । युनाइटेड वल्ड स्कुल नेपाल (युडब्लुएस) ले भानु नगरपालिका-५ बारीफाटमा विद्यालय निर्माण गरी हस्तान्तरण गरेको छ । संस्थाले ११ कक्षाकाेठा रहेको भवन सहित, २/२ वटा छात्रछात्रा शाैचालय र १ वटा अपांगतामैत्री शाैचालय विद्यालयलाई हस्तान्तरण गरेको हाे ।

भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठीले नगरकाे शैक्षिक विकासमा युडब्लुएस संस्थाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।साथै उनले शैक्षिक संस्था समुदाय, शिक्षक, विद्यार्थीकाे सकारात्मक एकताबाट नै शैक्षिक गुणस्तर वृद्धिमा टेवा पुग्ने बताए ।
विद्यालयलाई भाैतिक रूपमा समृद्ध बनाउदै विद्यार्थीलाई सहज सिकाइ वातावरण तयार गराउने उद्देश्यले भवन निर्माण गरेको युडब्लुएस तनहुँका शैक्षिक अफिसर सिद्धार्थ याेन्जन बताए ।

युडब्लुएस संस्थाले भवन हस्तान्तरण सहित विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण, दुबई कलेजका १४ जना शिक्षकले खेल विधिद्वारा अङ्ग्रेजी र गणित विषयकाे पठनपाठन शिक्षण लगायतका कार्य गरेका थिए ।
संस्थाका शैक्षिक अफिसर याेन्जनकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गणेशराज पन्त, युडब्लुएसका संस्थापक सुर्य कार्की, दुवई कलेजका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियाे भने कार्यक्रमकाे सञ्चालन युडब्लुएस नेपालका कर्मचारी सुनिल श्रेष्ठले गरेका थिए ।













Jay Shuklanews