दुलेगौंडा । तनहुँमा बिहीबार ३९ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । जिल्लाभरीका ८७ जनाको पिसिआर तथा एन्टिजेन विधिद्वारा कोरोना परिक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । संक्रमण पुष्टि हुनेमा २० जना महिला र १९ जना पुरुष रहेका छन् ।
जिल्लामा हालसम्म ७ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ हजार ७ सय ५१ ज्ना कोरोना संक्रमण मुक्ति भएका छन् । हाल जिल्लामा ६ सय ३४ जना सक्रिय संक्रमित रहेका छन् ।