दुलेगौंडा । तनहुँमा सोमबार ११ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । जिल्लाभरीका ४३ जनाको पिसिआर तथा एन्टिजेन विधिद्वारा कोरोना परिक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । संक्रमण पुष्टि हुनेमा ६ जना महिला र ५ जना पुरुष रहेका छन् ।
जिल्लामा हालसम्म ७ हजार ८ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७ हजार ४ सय ६० जना कोरोना संक्रमण मुक्ति भएका छन् । हाल जिल्लामा २०२ जना सक्रिय संक्रमित रहेका छन् ।
यसै गरि सोमबार नै गण्डकी प्रदेशमा १३७ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशभरीका ४७४ जनाको पिसिआर तथा एन्टिजेन परिक्षण गरिएकोमा १३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साथै कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्किमा २, लम्जुङमा १ र स्याङजामा १जनाको मृत्युभएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४४८ पुगेको छ ।