दुलेगौडा । तनहुँमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा २९ महिला र २४ जना पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय जारी गरेको विज्ञप्ती उल्लेख गरिएको छ ।
तनहुँमा १ सय ३७ जनाको एन्टिजेन्ट तथा पिसीआर परिक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै तनहुँमा संक्रमितको संख्या ५ हजार ५ सय ७९ पुगेको छ भने ४ हजार ९ सय ७३ निको भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । यसै गरि हालसम्म तनहुँमा कोरोना संक्रमणबाट १ सय १४ जनाको मृत्यु भईसकेको छ ।
यसै गरि आज गण्डकी प्रदेशमा ५ सय कोरोना संक्रमित बिरामी थपिएका छन् । प्रदेशभरी १ हजार १ सय १५ जनाको पिसीआर परिक्षण गर्दा ५ सय जनाको कोरोना संक्रमण पोजेटिभ आएको हो । साथै आज मात्रै गण्डकी प्रदेशमा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जसमा कास्कीका २, नवलपुर र स्याङजाका १÷१ जना रहेका छन् ।