दुलेगौंडा । तनहुँमा सोमबार ४८ जना कोरोना संक्रमित बिरामी थपिएका छन् । जसमा २८ महिला र २० जना पुरुष रहेको गण्डकी प्रदेश स्वास्थय निर्देशनालय पोखराले जनाएको छ ।
जिल्लाभरी १ सय १२ जनाको पिसिआर तथा एन्टिजेन्ट परीक्षण गर्दा ४८ जनामा संक्रमण पुष्टि भएको निर्देशनालय पोखराले जारी गरेको विज्ञेप्तीमा उल्लेख गरिएको छ । हालसम्म तनहुँमा ५ हजार ४ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसै गरि जिल्ला भरि ४ हजार ९ सय ३२ जना विरामीहरु केरोना संक्रमण जितेका छन् । हालसम्म तनहुँमा १ सय १४ जनाको मृत्यु भईसको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
आज गण्डकी प्रदेशमा १ हजार १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएके छ भने ४ जनाको मृत्यु भएको छ । साथै आज गण्डकी प्रदेशमा ४ जनाको मृत्यु भएको छ । जसमा कास्कीमा ३ र स्याङ्गजामा १ जना रहेको निर्देशनालय पोखराले जनाएको छ ।