थप्रेक । तनहुँको शुक्लागण्डकी नगरपालिकाको वडा नं १ थप्रेकमा गरिएको एन्टीजेन परिक्षणमा ४ जनामा कोरोना संक्रमण भएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख अजयकुमार श्रीबास्तबले जानकारी दिए । थप्रेक स्वास्थ्य चौकीमा गरिएको परिक्षणमा २ महिला र २ पुरुष गरी ४ जनामा पोजिटिभ देखिएको शाखा प्रमुख श्रीवास्तबले बताए ।
केही समय अगाडि देखी उक्त क्षेत्रमा धेरै मानिस बिरामी भएको भन्ने गुनासो आएपछि परिक्षणका लागि नगरपालिकाले स्वास्थ्यकर्मी उक्त क्षेत्रमा खटाएको थियो । कुल ४५ जनाको परिक्षण गरेकोमा ४ जना मात्रै पोजेटिभ आएको हो । केही समय एता पुनस् संक्रमण दर बढ्न थालेको हुँदा समयमा नै नागरिक सचेत भई स्वास्थ्य सुरक्षामा ध्यान नदिए समस्या दोहोरिन सक्ने हुदाँ विशेष गरि वडा स्तरबाट जनप्रतिनिधी र टोल विकास संस्थाले विशेष भूमिका खेल्नुपर्ने देखिएको श्रीवास्तबले बताए ।