ढोरफिर्दी, १५ साउन
शुक्लागण्डकी नगरपालिका स्वास्थ्य शाखाले शुक्रबार शुक्लागण्डकी ८ मा गरेको एन्टीजिन परिक्षणमा १८ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले बताए ।
शुक्लागण्डकी ८ एकता टोलमा भएको परिक्षणमा २६ जना मध्ये ११ महिला ७ पुरुषमा पोजेटिभ देखिएको प्रमुख श्रीवास्तवले बताए । एउटा टोलमा परिक्षण गर्दा धेरै संख्यामा पोजिटिभ देखिनु थप जोखिमको अवस्था आउने सम्भावना रहेको हुदाँ टोलबासी लगाएत सबै सचेत हुनु पर्ने र यस्तै स्थिति आईरहे नियन्त्रण बाहिर जाने समेत उनले बताए । सानो संख्यामा गरिएको परिक्षणमा समेत एति धेरैमा पोजिटिभ देखिएपछी थप सजगता आपनाउन लागीएको वडा नं ८ का अध्यक्ष कृष्ण प्रसाद रेग्मीले शुक्ला न्युजलाई बताए ।