दुलेगौंडा । शुक्लागण्डकीमा ३३ सहित तनहुँमा थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार नगरका ५४ जनाको स्वाब संकलन गरी पोखरा पठाइएकोमा ३३ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिए ।उनका अनुसार संक्रमितमध्ये पुरुष १९ जना र महिला १४ जना रहेका छन् ।
यस्तै गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराको तथ्यङ्क अनुसार जिल्लाभरिमा २४ जना महिला र २६ जना पुरुष रहेका छन् । जिल्लाभरी १ सय १२ जनाको पिसीआर परिक्षण ६० जनाको कोरोना रिर्पाेट पोजेटिभ आएको हो ।
हालसम्म तनहुँ जिल्लामा ५ हजार २ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ४ हजार ८ सय ४१ ज्ना निको भएका छन् । यस तथ्यङ्क अनुसार तनहुँमा हाल ३ सय १९ जना सक्रिय संक्रमित रहेको निर्देशनालयको तथ्यङ्कमा उल्लेख रहेको छ । साथै अहिले सम्म १ सय १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
गण्डकीमा बुधबार ६ सय २५ जनालाई कोरोना पुष्टी भएको छ । गण्डकी प्रदेशभरका ८ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाए । कास्कीका ४, स्याङजाका २ , बाग्लु्ङ र नवलपुरका १/१ जना संक्रमितको मृत्यु भएको हो । हालसम्म गण्डकीमा कोरोनाका कारण १ हजार ७४ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।