पछिल्लो समय नेपालभर कोरोनाको आतंक झन- झन बढ्न थालेको महशुश गरिएको छ । बिशेष गरी सुरक्षाकर्मी नै कोरोना संक्रमणको जोखिमम पर्न थालेका छन् । यस्तै स्याङ्जामा जिल्ला प्रहरी प्रमुखसहित १८ कर्मचारी तथा सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लामा कार्यालय प्रहरीलाई ज्वरो आएर स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । ज्वरो आएपछि जिल्ला प्रहरी प्रमुखसहितका सुरक्षाकर्मीको साउन ४ गते स्वाब लिएर परीक्षण गरिएको थियो । स्वाब परीक्षण गर्दा ३ प्रहरीसहित १८ कर्मचारीमा कोरोना देखिएको हो ।
यो सँगै नेपाल प्रहरीका १ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एसपीसहित प्रहरीमा कोरोना देखिएपछि जिल्ला प्रहरी कार्यालय सिल गरिएको छ । साउन ७ गतेदेखि कार्यालय सिल भएदेखि नै कार्यालयमा सर्वसाधारणलाई प्रवेश गर्न निषेध गरीएको थियो । कार्यालय सिल गरेर स्याङ्जामा कार्यरत सबै ९८ प्रहरी तथा कर्मचारीको स्वाब परीक्षण गरिएको छ ।