• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ जेष्ठ २८
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home कोरोना अपडेट

कोरोनाको खोप ल्याउने तयारी भइरहेको छ, तर मिति टुङ्गो लागेको छैन

Staff Reporter by Staff Reporter
December 7, 2020
in कोरोना अपडेट
A A
0
Share on FacebookShare on TwitterEmail this

काठमाण्डाै – कोरोना भाइरस विरुद्धको खोप ल्याउनका लागि आवश्यक पूर्वतयारी भइरहेको छ ।  कानुनी व्यवधान नहोस् भनेर सरकारले औषधि ऐन २०३५ लाई अध्यादेशमार्फत् संशोधन गरेको छ ।

आर्थिक समस्या नहोस् भनेर झण्डै ४८ अर्ब रुपैयाँको बजेट सुनिश्चित गरिएको छ । खोपको प्रकृति अनुसार चिस्यान भण्डारणहरुको तयारी गरिएको छ । खोप आइसकेपछि क-कस्लाई दिने भनेर जोखिम समूहहरु वर्गीकरण गर्ने र त्यसको स्वीकृत गर्ने तयारी भइरहेको छ ।  

खोप ल्याउनका लागि निश्चित प्रक्रियाहरु अपनाउनुपर्छ । पहिला त खोपको अन्तिम मूल्याङ्कन आउनुपर्यो । त्यो आएपछि उत्पादन भएको देशमा खोपहरु दर्ता हुनुपर्यो । विश्व स्वास्थ्य संगठनले सूचीकृत गर्नुपर्यो । अथवा आकस्मिक प्रयोगका लागि सूचीकृत गर्नुपर्यो । हाम्रो औषधि विभागमा पनि  दर्ता हुनुपर्छ । त्यसपछि मात्र हामीले खोप प्रयोग गर्न पाउँछौँ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप ल्याउनदेखि लगाउनेसम्मको तयारीका लागि विभिन्न ८ उपसमितिसमेत बनाएको छ । विश्व स्वास्थ्य संगठनले संयोजन गरेको ‘कोभ्याक्स सुविधा’ संयन्त्रअन्तर्गत सहुलियत दरमा २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप ल्याउन तयारी भइरहेको छ । 

अझै खोप परीक्षणकै क्रममा रहेका छन् ।  कुन खोप ल्याउने भन्ने निश्चित भइसकेको छैन ।  सुरुमा २० प्रतिशत नागरिकलाई खोप ल्याएपछि बिस्तारै सबैलाई पुग्नेगरी खोप ल्याउने हो  । कोभ्याक्स अन्तर्गत आउने खोप नेपाललाई निःशुल्क प्रदान हुनेछ । जोखिमका आधारमा खोप पहिला कसलाई दिने भन्ने चरणहरु छुट्याइन्छ ।  अरु खोप पनि कोभ्याक्स सुविधामार्फत र अन्य तरिकाले किन्ने तयारी छ ।   

मुख्य कुरा त कुनै पनि खोप अहिले सार्वजनिक प्रयोजनका लागि भनेर सूचीकृत भइसकेको छैन । बेलायतको फाइजर कम्पनीले मात्र स्वीकृत गरेर आफ्ना स्वास्थ्यकर्मीहरुलाई र जेष्ठ नागरिकलाई लगाउने तयारी गरेको हो । अरु खोपहरुको अन्तिम नतिजा आइसकेको छैन ।  त्यही भएर यही मिति खोप आउँछ भनेर भन्न सक्ने अवस्था छैन । 

नेपालमा खोप आइसकेपछि चरणवद्ध रुपमा दिइन्छ ।  तह निर्धारणका लागि पूर्व तयारीहरु भइरहेका छन् । बन्दै गरेका खोपहरु विभिन्न तापक्रममा राख्नुपर्ने खालका छन् । २ देखि ८ डिग्री सेल्सियसमा राख्नुपर्ने खोपहरु पनि बनिरहेका छन् । माइनस २० डिग्री सेल्सियस र  माइनस ७० डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने खोप पनि बनिरहेका छन् । त्यसकारण कुन खोप आउने हो निश्चित भइसकेको छैन ।  हामी त्यही अनुसारको पूर्व तयारीमा छौँ । 
(स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. गौतमसँगको कुराकानीमा आधारित)

👉 अन्य सम्बन्धित खबरहरु

तनहुँमा थप ११ जनामा कोरोना पुष्टि
कोरोना अपडेट

तनहुँमा थप ११ जनामा कोरोना पुष्टि

February 7, 2022
तनहुँका ३९ जनामा कोरोना पुष्टि
कोरोना अपडेट

तनहुँका ३९ जनामा कोरोना पुष्टि

January 27, 2022
खोप केन्द्रमै कोरोनाको जोखिम
कोरोना अपडेट

खोप केन्द्रमै कोरोनाको जोखिम

January 20, 2022
शुक्लागण्डकीका कर्मचारीलाई कोरोना पुष्टि
कोरोना अपडेट

शुक्लागण्डकीका कर्मचारीलाई कोरोना पुष्टि

January 18, 2022
खोप कार्ड अनिवार्य
कोरोना अपडेट

खोप कार्ड अनिवार्य

January 16, 2022
फेरी बन्द हुने भए फिल्म हल
कोरोना अपडेट

फेरी बन्द हुने भए फिल्म हल

January 16, 2022

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

May 12, 2026
गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा यसबर्ष ८७.५% उत्तीर्ण

गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण

May 12, 2026
एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

May 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन
  • निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित
  • प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने
  • अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट
  • गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.