अचानक आएको बाढीले भारतीय राज्य सिकिम्ममा टिस्टा नदीमा अचानक ठूलो बाढी आउदा २३ जना भारतीय सैनिक बेपत्ता भएका छन् । बाढीले सेनाका शिविर र गाडी समेत बगाएको भारतीय सञ्चारमाध्यम जनाएको छ ।
बाढीपछि टिस्टाको पानीको बहाव एक्कासी बढ्दा बंगाल–सिक्किमको सीमावर्ती क्षेत्र मल्ली आसपासको राष्ट्रिय राजमार्ग एनएच १० पनि बगाएको छ । सेनाका २३ सहित अन्य ७ जनालाई पनि बाढीले बेपत्ता बनाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । चुङ्थाङ क्षेत्रमा कम्तीमा ६ वटा पुल बाढीले बगाएको जनाइएको छ ।
स्रोतका अनुसार चुंगथाङ ड्यामबाट ठूलो मात्रामा पानी निकास भएपछि नदीमा बाढी आएको हो। ड्याम रहेको क्षेत्रमा क्लाउड ब्रस्ट भएको बताइएको छ।