तनहुँ समाज पोर्चुगलको अध्यक्षमा दुलेगौंडाका बिशाल लामिछाने चयन भएका छन् । पोर्चुगलमा सम्पन्न तेस्रो अधिवेशन बाट लामिछाने सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
शुक्लागण्डकी ४ दुलेगौंडा निवासी विशाल लामिछाने नेपाल रहदा समेत बिभिन्न सामाजिक संघ संस्थामा सक्रिय थिए । शुक्लागण्डकी जेसिजका अध्यक्ष समेत भै सकेका छन् । दुई बर्षे कार्यकाल रहने उक्त समितिमा शुक्लागण्डकीकै यमेन्द्र क्षेत्री कोषाध्यक्ष निर्वाचित भएका छन् ।