फ्रान्सको एन आर एनएको इतिहासमा पहिलो पटक महिला नेतृत्व पाएको छ । लामो समय देखि फ्रान्स बस्दै आएकी तनहुँ म्याग्दे १ गुनादीकी गीता खनाल थापा प्रथम [पटक महिले नेतृत्व लिने महिला बन्दै इतिहास रचेकि हुन् ।
अध्यक्षको दौडमा रहेकी खनालले कुल खसेको चार सय ५८ मध्ये दुई सय ४८ मत पाएर जीत दर्ता गरिन् । उनका प्रतिष्पर्धी मीनबहादुर श्रेष्ठले दुई सय १० मत पाए । अनलाइन पद्धतिबाट भएको निर्वाचनमा खनालले ३८ बढी मतान्तरले प्रतिष्पर्धी श्रेष्ठलाई हटाएकी हुन् ।
निर्वाचनमा आइसीसी सदस्य अमर बहादुर भन्डारी र एकबहादुर मल्लबीच दुई सय २५ को बराबरी भएको छ । अधिवेशनले उपाध्यक्षमा दुई सय ४८ मत सहित शिवराम भण्डारी तथा दुई सय २६ मतका साथ लोकबहादुर पुन, महासचिवमा दुई सय ५३ मतका साथ दिलीप गुरुङ निर्वाचित भए ।