हरि खरेल/दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिकामा सोमबार र मंगलबार गरि १ हजार ९ सय ७७ जनाल भरोसील खोप को दोस्रो मात्रा लगाएका छन् । चिनियाँ खोप ‘भेरोसेल’को पहिलो मात्रा लगाएकालाई यो दोस्रो मात्रा लगाईएको हो । जहाँ नगरपालिका भित्रका १ हजार ४३ महिला र ९ सय ३४ जना पुरुष रहेको शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाख प्रमुख अजयकुमार श्रीबास्तबले जानकारी दिए ।
नगरमा पहिलो मात्रा खोप लगाउनेको संख्या २ हजार ३ सय १० रहेको शाखा प्रमुख श्रीबास्तबले बताए । यस पटक नगरमा १ हजार १ सय ५५ भाईल खोप प्राप्त भएको थियो । लक्षित वर्गाको रुपमा शिक्षक, ५५ बर्ष माथिका नागरीक विभिन्न संघ संस्थाका छुटेका नागरीहरुलाई यो खोप लगाई्रएको श्रीवास्थबले जानकारी दिए । भेरोसील खोप नगरका १२ वटा खोप केन्द्रबाट खोप प्रदान गरिएको थियो ।
लक्षित समुहका पुरा नागरीकहरु नआएको हुदाँ भोलि (बुधबार) पनि खैरेनिटार हेल्थपोष्ट बाट दिउसोको १ बजे सम्म खोप प्रदान गरिने श्रीबास्थबले जानकारी दिए ।