दुलेगौंडा । व्यक्तित्व तथा नेतृत्व विकास साथै सामाजिक कार्यमा क्रियाशील शुक्लागण्डकी जेसिजको बर्ष २०२५ का लागि प्रकाश विकले अध्यक्षको पदभार ग्रहण गरेका छन् । शुक्रबार जेसिजको २३ औ पद हस्तान्तरण कार्यक्रममा बर्ष २०२४ का अध्यक्ष रमेश भण्डारीले नवनिर्वाचित अध्यक्ष प्रकाश विकसलाई शपथ ग्रहण गराउनुका साथै पद हस्तान्तरण गरेको थिए ।
जेसिज बर्ष २०२५ मा अध्यक्ष विक, निवर्तमान अध्यक्ष भण्डारी सहित २१ सदस्यीय कार्य समिति सर्वसम्मत चयन भएको छ । समितिको कार्यकारिणी उपाध्यक्षमा पुकार श्रेष्ठ र मदन सिग्देल, महासचिवमा शुशिल भुजेल कोषाध्यक्षमा भिष्म श्रेष्ठ, कानुनी सल्लाहकारमा आशिष श्रेष्ठ, अध्यक्षीय सल्लाहकारमा सञ्जिव श्रेष्ठ, सह सचिवमा सुनिल श्रेष्ठ, सह कोषाध्यक्षमा प्रविण श्रेष्ठ, तालिम संयोजकमा अनिषकुमार ढकाल। उपाध्यक्षमा सागर लामिछाने, कजन श्रेष्ठ, प्रेमनारायण अर्याल, प्रकाश भुषाल रहेका छन् ।
यस्तै शाखा सम्पादकमा दिवसचन्द्र श्रेष्ठ, बृद्धिसभापतिमा दिपक गर्तौला अर्थ संकलन सभापतिमा हेमन्त पौडेल, प्रकरण निर्देशकमा दिपेन्द्र परियार, सञ्चारसम्पर्क अधिकारीमा जयश्वर पाण्डे र जनसम्पर्क अधिकारीमा महेन्द्र श्रेष्ठ चयन भएका छन् ।
कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाका पूर्व मेयर किसान गुरुङले युवाहरु देश परिर्वतनको मुख्य आधार रहेको बताउदै देशको पर्वतनका लागि जेसिजका युवा पङ्क्ति पनि लागि पर्न आग्रह गरे ।
कार्यक्रममा शुक्लागण्डकी नगरपालिका–४ का वडाध्यक्ष राजकुमार वाग्ले राजु, काँग्रेसका क्षेत्रीय सभापति चुडामणी खनाल, लायन्स क्लव अफ शुक्लागण्डकी सिस्टर्सकी अध्यक्ष तुल्सीकुमारी श्रेष्ठ लगायतले जेसिज बर्ष २०२५ का अध्यक्ष लगायतको कार्यसमितिलाई शुभकामना व्यक्त गरेका थिए ।