• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ श्रावण १९
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home अन्य

रिसेडमा नयाँ नेतृत्व चयन

सम्पादक by सम्पादक
April 19, 2025
in अन्य
A A
0
रिसेडमा नयाँ नेतृत्व चयन
Share on FacebookShare on TwitterEmail this

दमाैली । अपांगता भएका व्यक्तिहरुको अधिकार र विकासका लागि श्रोत केन्द्र, रिसेडमा नयाँ नेतृत्व चयन भएको छ । शनिवार दमौलीमा आयोजित अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हाे ।
संस्थाका अध्यक्ष राष्ट्रिय सभाका सदस्य निर्वाचित भएको हुँदा संस्थाको २२ औँ साधारण सभा तथा अधिवेशनले कृष्ण बहादुर थापाको नेतृत्वमा नयाँ कार्र्यसमिति चयन भएको हो । थापा अध्यक्ष रहेको ६ सदस्यीय समिति चयन भएको छ । समितिको पद विभाजन पहिलो बैठकले गर्ने र एक जना समितिलाई समावेशी बनाउन मनोनित गरि जम्मा रिसेडको सात सदस्यीय समिति हुनेछ । जम्मा ४९ जना साधारण सदस्य रहेको रिसेडमा सनिवार ३० जनाको उपस्थितिमा जिल्ला समन्वय समितिको सभाहलमा आयोजित सभाले आगामी तिन वर्षका लागि समिति निर्वाचित गरेको निर्वाचन समितिका संयोजक एवम् नेपाल वार एसोसियसन तनहुँका उपाध्यक्ष शिवराज काफ्लेले जानकारी दिए । अधिवेशन सम्पन्न गर्न संस्थाले तिन दिन अगावै कार्यसमितिले अधिवक्ता काफ्ले रहेको तिन निर्बाचन समिति गठन गरेको अध्यक्ष पदम बहादुर परियारले बताए । उनले भने “ हामिले साधारण सभा गर्नुपर्ने थियो । म पनि संसदमा व्यस्त हुनुपर्ने भएको र नेतृत्व हस्तान्तरण गर्दा संस्थालाई पनि फाईदा हुने हुदा अहिले नै अधिवेशन बोलाएको हो ।“
व्यास नगरपालिकाका उपप्रमुख एवम् अपांगता समन्वय समितिका संयोजक ईन्दिरा दरैले अपांगता भएका व्यक्तिहरुको सशक्तिकरणका लागि आफुले पालिकामा समन्वय गर्दै कार्य गरिरहेको बताईन । उनले व्यास नगरपालिकामा कार्यक्षेत्र हुने गरि अपांगता भएका व्यक्तिहरुको ६ वटा संस्था रहेको र हरेक अपांगताको सवालमा निर्णय गर्दा उनिहरुकै सहभागितामा गर्ने गरेको बताए ।
कार्यक्रममा रिसेडका संस्थापक अध्यक्ष एवम् राष्ट्रिय सभा, दिगो विकास एवम् सुशासन समितिका पूर्व सभापति प्रकाश पन्थले अपांगता भएका व्यक्तिहरुको आर्थिक सशक्तिकरण आजको आवश्यकता रहेको बताए । जवसम्म अपांगता भएका व्यक्तिहरु आर्थिक रुपमा अगाडी बढ्न सक्दैनन्, तवसम्म समाजको रुपान्तरणमा बाधा सृजना हुने बताउँदै हरेक स्थानीय तहले अपांगता भएका व्यक्तिहरुलाई उनिहरुको आवश्यकता, इच्छा र सम्भाव्यता अनुरुप कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताउनुभयो । समावेशी भित्रको समावेशीको आवश्यकता रहेको बताउँदै पन्थले अवका कानुन सोहि अनुरुप निर्माण गरिनुपर्नेमा जोड दिनुभयो । ब्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले हरेक अपांगता भएका व्यक्तिहरुको स्वाभिमान, सम्मान र सुरक्षाको सुनिश्चितता हुने बातावरण राज्यले गर्नुपर्ने बताए । कार्यक्रममा राष्ट्रिय अपांग महासंघ नेपाल गण्डकी प्रदेशका सचिव कृष्ण प्रसाद अधिकारी लगायत जिल्लामा कृयाशिल सामाजिक आ.व.२०८०÷८१ को संस्थाको प्रगति प्रतिवेदन संस्थाका महासचिव किशोर न्यौपानेले प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन अपांगता अधिकारर्मी दामोदर रेग्मीले गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष शोभा लम्सालले गरेकी थिइन् । उक्त सभाले तनहुँमा रहेका हरेक स्थानीय तहले मध्यम र सामान्य अपांगता भएका व्यक्तिहरुका लागि स्वास्थ्य विमाको कार्यक्रम लागू गर्न अनुरोध गर्ने समेत निर्णय गरेको छ अपांगता अधिकारकर्मी दामोदर रेग्मीले बताए ।

Tags: अपाङ्गतादामोदर रेग्मीरिसेड

👉 अन्य सम्बन्धित खबरहरु

जनताको कुरा सुन्न शुक्लागण्डकीमा जनसंवाद
अन्य

जनताको कुरा सुन्न शुक्लागण्डकीमा जनसंवाद

April 15, 2026
अन्य

पत्रकार खरेल सहित शुक्लागण्डकी एम एमको सम्मान

December 22, 2025
सार्वजनीक सुनुवाई सम्पन्न
अन्य

सार्वजनीक सुनुवाई सम्पन्न

November 20, 2025
सरस्वती जुनियर कप सुरू
अन्य

सरस्वती जुनियर कप सुरू

January 29, 2025
अन्य

विकले ग्रहण गरे जेसिज बर्ष २०२५ को पदभार

January 4, 2025
कलाको स्वरमा हरी गैरैको अभिनय रेलैमा सरर
अन्य

कलाको स्वरमा हरी गैरैको अभिनय रेलैमा सरर

December 21, 2024

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

July 14, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै
  • क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
  • लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
  • भानुभक्तकी शान्तिले गरिन एरिया टप
  • लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.