दुलेगौँडा । श्रावण ८ देखि १५ गते सम्म मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम, शुक्लागण्डकी २, गाछेपानीमा आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सवको आयव्यय बुधबार समिक्षा कार्यक्रम आयोजना गरि सार्वजनिक गरिएको छ ।
हरेक बर्ष जस्तै यस बर्षको श्रावण महिनामा संचालित धार्मिक महोत्सवको बुधबार समिक्षा बैठक सहित आयव्यय सार्वजनिक गरिएको हो । मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामका कोषाध्यक्ष शिव गतौलाका अनुसार उक्त धार्मिक महोत्सब अबधिभर आयोजित धार्मिक अनुष्ठानमा सहभागी भक्तजनहरुले कार्यक्रमको सफलताको लागी ३६ लाख ६० हजार २६९ दान दिएको बताए ।
आठ दिन सम्म संचालनमा आएको उक्त शिब महिमा बोल बम महोत्सबमा १७ लाख ३ हजार ७१४ रुपैयाँ खर्च भएको पाइएको छ । भक्तजनबाट स्वस्फुर्त प्राप्त दान सहयोग कार्यक्रम संचालन खर्च कटाएर बाँकी च्यवनधामको बिकास एवं धामको ब्यबस्थापनमा सन्चालनमा रहेको गौ संरक्षण केन्द्रको ब्रयबस्थापनमा खर्च गरिने धाम समितिका अध्यक्ष अर्जुन लम्सालले जानकारी बताए । धामको स्थापना भई श्री शुक्लेश्वर महादेव मन्दिरको निर्माण संगै नियमित रुपमा धामले श्रावण महिनाको अवसर पारी शिब महिमा धार्मिक अनुष्ठान सन्चालन गर्दै आईरहेको छ । यस बर्ष शुक्लागण्डकी नगरपालिकाले गौ संरक्षण केन्द्रको ब्यबस्थापनको जिम्मा समेत यस च्यवनधामलाई दिएको हुँदा यो पटक धाम र गौशालाको एकिकृत विकास ब्यबस्थापन गर्ने उद्धेश्यले कार्यक्रम गरिएको अध्यक्ष लम्सालले बताए । धार्मिक महोत्सब सफल पार्नको लागी सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गर्दै धामको बिकासको निरन्तर सहयोगको अपेक्षा राखेको महोत्सबका संयोजक बिमल रिमालले बताए ।
आठ दिन सम्म चलेको उक्त धार्मिक महोत्सबमा भागवत मन्जरी राधिका दासीले कथा बाचन गर्नु भएको थियो ।गण्डकी प्रदेश सरकारका मुख्य मन्त्रि सुरेन्द्र राज पाण्डेले उद्घाटन गरेको कार्यक्रमको समापन पुर्व मन्त्रि एवं प्रतिनिधि सभा सदस्य शंकर भण्डारीले गरेका थिए । धार्मिक पर्यटनको एउटा नमुना गन्तब्यको रुपमा समेत बिकास भैरहेको यस धाममा भक्तजनको बिशेष घुइचो लाग्ने गरेको छ ।