हरि खरेल/दमौली । अबैध नदीजन्य पदार्थ उत्खनन् गर्ने दश सवारी साधानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिईएको सवारी साधनहरुमा ६ वटा ट्याक्टर, एक जेसिबी, एक एक्साभेटर र २ वटा टिप्पर रेहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।
जिल्लाको आबुँखैरेनी गाउँपालिका–२ स्थित मर्स्याङदी नदीको नारीघाटमा अबैध रुपमा गिट्टी बालुवा उत्खनन् गरी ओसार पसार गर्दै गरेको अवस्थामा ६ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा ना ६ त ५८५१, ग १ त ४४०२, ग १ त २९४६, ग १ त ६५६७, ग १ त ६४४४ र ना ५ त ४३२६ नं को ट्याक्टरहरु नियन्त्रणमा लिईएको प्रहरी नायव उपरीक्षक तिमिल्सेनाले जानकारी दिए ।
यसै गरि आबुखैरेनी गाउँपालिक–१ सत्रसय स्थित मर्स्याङदी नदी घाटमा अवैध रुपमा नदिजन्य पदार्थ कार्यमा संलग्न एक/एक वटा डोजर र स्कोभेटर सिहत २ वटा टिप्परलाई ईलाका प्रहरी कार्यालय आबुखैरेनीले नियन्त्रणमा लिएको छ । जसमा डिएक्स २२५ लेखेको चेनवाला स्काभेटर, प्र.३–०१–००३ क ७०९१ नंको डोजर,ग १ ख ८२०९ र ग १ क ५२२१ नं.को टिपरहरु जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
नियन्त्रणमा लिईएका सवारी साधनहरु मध्य आँबुखैरेनी गाउँपालिकाको कार्यालयबाट ग १ त ४६२३ को ट्याक्टर, प्र.३–०१–००३ क ७०९१ नं. को डोजर, ग १ ख ८२०९ र ग १ क ५२२१ नं को टिप्परहरुलाई प्रति सवारी साधन बीस हजारका दरले ८० हजार जरिवाना तिरेका छन् । यसै गरी गाउँपालिकाले नै ग १ त ४४०२ नं. को ट्याक्टरलाई पन्ध्र हजार रुपैया जरिवाना तिराएको छ । यसरी गाउँपालिकाले १० वटा सवारी साधनहरुबाट १ लाख ३० हजार रुपैया जरिवान रकम संकलन गरेको छ ।