भिमाद। अखिल नेपाल फुटबल संघ तनहुँले आयोजित ४ दिने एन्फा कम्युनिटी कोचिङ्ग कोर्ष बिहीबारबाट सुरु भएको छ ।
४ दिन सम्म सन्चालन हुने उक्त एन्फा कम्युनिटी कोचिङ्ग कोर्षको औपचारिक उद्घाटन भिमाद नगरपालिकाका नगरप्रमुख दधिराज सुवेदी सुबेदीले गर्नु भएको थियो ।

बिहिबार भिमादमा आयोजित कार्यक्रमलाई भिमाद नगरपालिकाका नगरप्रमुख दधिराज सुवेदी , नेपाली काङ्ग्रेस तनहुँ क्षेत्र न २ का क्षेत्रीय सभापति चुडामणि खनाल , नगर खेलकुद विकास समितिका अध्यक्ष प्रेम बहादुर थापा लगायतले सम्बोधन गरेका एन्फा तनहुँका महासचिव नविन श्रेष्ठले बताए ।

साथै प्रशिक्षण कार्यक्रम फाल्गुन १८ देखि २१ गते सम्म संचालन हुने बताएका छन् । प्रशिक्षण कार्यक्रममा तनहुँ , लमजुंग, गोर्खा,स्याङ्जा र नवलपुर गरी ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहने छ । प्रशिक्षार्थीहरुलाई हेड अफ कोच एजुकेशन सञ्जित सिंह र बागमती प्रदेशका प्रशिक्षक चेत नारायण श्रेष्ठले प्रशिक्षण दिने एन्फा तनहुँले जनाएको छ । एन्फा कम्युनिटी डि लाइसेन्स सम्बन्धी प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको एन्फा तनहुँका अध्यक्ष सत्यभक्त पालिखेले जानकारी गराए ।