दुलेगौंडा । जरेबर मेलाको अवसरमा भएको पुरुष भलिबल प्रतियोगिता दोस्रो दिन ४ खेल सम्पन्न भएका छन् ।
पहिलो खेल थामडाँडाले गुरूङ समाजलाई २-१ सेट अन्तरले पराजित गरेको थियो । यसैगरी दोस्रो खेल लोकादिटार (बि) लाई आयोजकले २-० सेटमा पराजित गर्यो । यसैगरी तेस्रो सेट २-० को सेटमा बाह्रबिसे (बि)लाई आयोजकले पराजित गरेको थियोे भने चौथो सेट २-० कै सेटमा कोखेलाई बाह्रबिसेले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।
भलिबल प्रतियोगिताको विजेताले नगद ४० हजार, उपविजेताले नगद २५ हजार र तृतीय हुनेले नगद १५ हजार साथमा प्रमाणपत्र प्राप्त गर्ने भएको छ । साथै विधागततर्फ बेष्ट स्पाइकर, बेष्ट सेटर, बेष्ट ब्लकर, बेष्ट डिफेनडर र म्यान अफ दि म्याचलाई उचित पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिताका खेल संयोजक सुबास महतले जानकारी दिए । प्रतियोगिता चैतको १७ गतेदेखि २१ गतेसम्म जरेबरमा हुने भएको छ ।













