सरकारले गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेललाई हटाएर पृथ्वीमान गुरुङ र लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर उनको ठाउँमा अमिक शेरचनलाई नियुक्त गरेको छ ।
सरकारले दुबै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।
यसअघि केपी ओली नेतृत्वको सरकारले गण्डकीमा अमिक शेरचनलाई प्रदेश प्रमुखबाट हटाएर सीता पौडेललाई नियुक्त गरेको थियो । अमिक सेरचनलाई हटाएर सिता पौडेललाई राख्दा धेरै आलोचना गरेका हाल सरकारमा रहेको दलले सरकार फेरिने बित्तिकै प्रदेश प्रमुख फेरेको छ । अमिक शेरचनलाई गण्डकी प्रदेशमा नै प्रमुख नीयुक्ति गर्न खोजिएकोमा पुन: दोहोर्याएर प्रमुख बन्न नमिल्ने भन्दै रास्ट्रपति कार्यालयले जानकारी गराएपछी लुम्बिनी प्रदेशको प्रमुख तोकेको हो ।