तनहुँमा आईतबार थप १४ जना कोरोना सक्रमीत बिरामी थपिएका छन् । कोरोना पुस्टि हुनेमा ४ जना महिला र १० जना पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । स्वास्थ्य निर्देशनालयको तथ्यङ्कमा उल्लेख भएअनुसार हाल तनहुँमा २ सय १३ जना सक्रिय संक्रमीत रहेका छन् । हालसम्म तनहुँ जिल्लाको तथ्यङ्क हेर्दा ५ हजार १ सय १३ जना कोरोना संक्रमित भएका छन् भने १ सय १३ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
यस्तै, आईतबार गण्डकी प्रदेशभर ४ सय ४७ जना नयाँ संक्रमित थपिएका छन् । १ हजार १ सय २९ जनाको पिसीआर परिक्षण गरिएकोमा ६ सय ८२ जनाको रिपोर्ट नेगेटिभ आएको हो । आईतबार ३ सय ४४ जना निको भएका छन् । कास्किमा २, बाग्लुङ्ग र गोरखामा १/१ गरि ४ जना संक्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।