राजनैतिक र साहित्यिक योगदान चर्चा
दुलेगौडा । तनहुँको शुकलागण्डकी नगरपालिका ४ दुलेगौंडा स्थित विपी चोकमा ३९ औँ विपी स्मृति दिवस मनाईएको छ । नेपाली कांग्रेस शुक्लागण्डकी नगरपालिका–४ नम्बर वडा समितिको आयोजनामा संञ्चालित कार्यक्रममा विश्वेश्वरप्रसाद कोईरालाले नेपाली राजनिती र साहित्यमा क्षेत्रमा दिएको योगदानको स्मरण गर्दै स्मृति दिवस मनाईएको थियो ।
वर्तमान समयमा विश्वेश्वरप्रसाद कोईरालाले दिएको योगदानको अनुसरण गर्दैे अगाडी बढ्नुपर्ने वडा समिति सभापति एवम् वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए । बुधबार विपीचोकमा रहेको विपीको शालिकमा माल्यार्पण गरी सो दिवस मनाईएको थियो ।
अबको समय नेपाली कांग्रेसले देशको विकासका लागि एकजुट भएर लाग्नुपर्ने नेपाली कांग्रेसका पुराना नेता श्यामकृष्ण मल्लले बताए । साथै विश्वेश्वरप्रसाद कोईरालाको मेलमिलापको नितीलाई अवलम्बन गर्दै अगाडी बढ्नुपर्ने बताए ।
विपि कोईरालाले नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघष गरेका छन् । साथै नेपाली राजनितिको क्षेत्रमा मात्र नभई साहित्य क्षेत्रमा पनि विपिको योगदान उत्तिक रहेको छ । उनि नेपाली साहित्यमा तीन घुम्ती’,‘सुम्निमा’, बाबु, आमा र छोरा लगायतका उपन्यास लेखेका छन् भने ‘दोषी चश्मा र श्वेत भैरव लगायत थुप्रै कथा संग्रह प्रकाशन गरेका छन् । नेपाली साहित्य र राजनितिमा क्रियाशिल रहदै आएका विपिको २०३९ साउन ६ निधन भयो । जस पश्चात हरेक बर्ष उनको सम्झनामा यो दिवस मनाईदै आएको छ ।