भिमाद नगरपालिकाको नवौं नगर सभा बुधबार देखि सुरु भएको छ। नगर प्रमुख श्री मेख बहादुर थापा ज्यु को सभाध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा नगर प्रमुख ज्यु ले आर्थिक वर्ष २०७८/२०७९ का लागि निति तथा कार्यक्रमहरु पेश गर्नु भएको थियो ।
नीति तथा कार्यक्रम सार्वजनिकीकर्ण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अबको आर्थिक वर्षमा परिमाणमुखि भन्दा नतिजामुखि योजना तथा कार्यक्रममा जोड दिइने बताउनु भयो । नवौं नगर सभामा नगर उपप्रमुख श्री शारदा खनाल ज्यु ले योजना अनुगमन समिति तथा न्यायिक समितिको वार्षिक प्रतिवेदन पेश गर्नु भएको थियो । नगरपालिकाको २०७८/२०७९ को निति तथा कार्यक्रममा कोभिड – १९ नियन्त्रण तथा रोकथामलाइ पहिलो प्रथामिकतामा राखिएको छ ।
भोलि देखि लगातार नगरपालिकाको बजेट, नीति तथा कार्यक्रम माथि छलफल गरिने नगरपालिकाले बतायो ।