गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सीता कुमारी पौडेलले आह्वान गरेकी छिन् । प्रदेशसभाबाट पृथ्वीसुव्वा गुरुङले हिजो विश्वासको मत पाउन नसकेपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख पौडेलले २४ घण्टाको समय दिएकी छिन् ।
संविधानको धारा १६८ को उपधारा २ अनुसार सभा सदस्यलाई सरकार गठनका लागि प्रदेश प्रमुख पौडेलले आह्वान गरेकी हुन् । प्रदेश प्रमुख पौडेलले अर्को मन्त्रीमण्डल गठन नहुँदासम्म अहिलेकै सरकारलाई काम गर्ने जिम्मेवारी तोकेकी छिन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले आज एक विज्ञप्तिमार्फत् संविधानको धारा १६८ को उपधारा (५) अनुसार मुख्यमन्त्री नियुक्ती गर्ने प्रयोजनका लागि २४ घण्टाको समय दिएको उल्लेख गरेका छन् ।
विपक्षी गठबन्धनबाट प्रस्तावित मुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले आजै सरकारको दाबी गर्ने बताए।