शुक्लागण्डकी युनेस्को केन्द्रले आफ्नो स्थापना दिवसको अवसर पारेर कोभिड १९ का कारण खाद्यान्न समास्यामा परेका परिवारका लागि खाद्यान्य वितरण गरेको छ ।
केन्द्रले स्वास्थ्य मापदण्ड अपनाई घर घरमै पुगेर सहयोग खाद्यान्न सहयोग वितरण गरेको शुक्लागण्डकी युनेस्को केन्द्रका अध्यक्ष भिष्म श्रेष्ठले बताए । शुक्लागण्डकी नगरपालिकाका विभिन्न स्थानमा गई खाद्यान्न अभाव परेका १२ परिवारलाई सहयोग उपलब्ध गराईएको श्रेष्ठले बताए ।
केन्द्रले यस अघि पनि क्वारेन्टाईनमा रहेका व्यक्तिहरुका लागि सहयोग गर्नुका साथै लक डाउनका समयमा फुड बैक सञ्चालन गरी सयौ परिवारलाई खाद्यान्न उपलब्ध गराएको थियो । स्थापनाको प्रथम वर्षमानै केन्द्रले आफ्नो सामाजिक क्षेत्रमा बिशेष पहिचान कायम गर्न सफल भएको छ ।