गायक गोबिन्दबाबू रिजालको समसामयिक बिषयमा तयार पारिएको गित रोग र भोक सार्वजनिक भएको छ। “यो सरकार चल्दो रैछ जोकै जोकले पनि रोगले मरे जनता मरे भोकले पनि” कोरोना भाइरसको कारण देशमा बारम्बार लकडाउन गरिएको छ। लकडाउनको बिच सर्वसाधारणले भोग्नपरेको दुख कष्ट लाई समेटेर गित तयार पारिएको गायक गोबिन्दबाबुले बताउनु भयो। मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको गितमा गायक गोबिन्द बाबू रिजाल र गायिका सान्ती श्री परियारको आवाज सुन्न पाइने छ। रमेश परियारको लय र संगित मा रहेको गितको भिडियोमा भने रमेश परियार र लक्ष्मी पहाडिको शिर्ष भुमिका रहेको छ। यो गित गोबिन्द बाबुको युटुब मार्फत सार्वजनिक गरिएको छ।