लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वार दृगनारायण पाण्डे विजयी भएका छन् । उनी प्रतिद्वन्द्वीलाई ५ सय २८ मतभारले पछि पार्दै विजयी भएका हुन् । पाण्डेले ४ हजार १ सय ४० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेद्वार चन्द्रबहादुर खड्काले ३ हजार ६ सय १२ मत पाएका छन् ।
पाण्डेलाई कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र उपेन्द्र यादव पक्षीय जनता समाजवादी पार्टी पार्टीको समर्थन थियो । पाण्डे यसअघि एमालेका तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्य थिए । उनी सांसदबाट राजीनामा दिएर कांग्रेसमा प्रवेश गरेका थिए ।