• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ जेष्ठ २८
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home अन्य

बेलायतमा देखिएको नयाँ कोरोना भाइरसको असर नेपालमा पनि

Staff Reporter by Staff Reporter
December 27, 2020
in अन्य, कोरोना अपडेट
A A
0
Share on FacebookShare on TwitterEmail this

समय अनुसार भाइरसमा पनि परिवर्तन हुन्छ । बेलायतमा देखिएको नयाँ कोरोना भाइरसको डीएनए संरचनामा अलिकति परिवर्तन भएको छ । यो अहिलेको कोभिड १९ भन्दा थोरै फरक छ भन्ने कुरा अहिलेसम्मको अनुसन्धानले देखाएको छ । यो भाइरसमा  थप देखिएको  विषेशता भनेको छिट्टै फैलनु हो ।  अरु कुराहरु अनुसन्धानकै क्रममा छ । 

विश्वमा भएका कुनै पनि क्रियाकलापबाट नेपालमा असर पर्न सक्छ । अहिले एकै दिनमा विश्वको एक ठाउँबाट अर्को ठाउँमा पुग्न सकिन्छ । बेलायत लगायतका देशमा त झन् आउने, जाने क्रम चलिरहन्छ । यसकारण पनि नयाँ स्वरुपको कोरोना भाइरसको असर नेपालमा सिधै पर्न सक्छ । 

नेपालमा लकडाउन गर्नेबारे अहिलै सोचिएको छैन । तर बेलायतबाट आएका व्यक्तिहरुलाई एकदमै नजिकबाट नियाल्ने काम भइरहेको छ । बेलायतबाट आएकाहरुको सूची तयार पारेर उनीहरुलाई टेलिफोन गर्ने, सकेसम्म आइसोलेशनमा राख्ने लगायतका काम भइरहेको छ । 

आइसोलेशनमा बस्न नसक्नेहरुलाई घरमै सुरक्षित तरिकाले बस्न अनुरोध गर्ने र दैनिक टेलिफोन गरेर अपडेट गर्ने काम भइरहेको छ । त्यसबारे सरकारले काम थालिसकेको छ । 

बेलायतबाट आएका मानिसमा लक्षण देखिएको छ भने सरकारी निकायबाट तुरुन्त परीक्षण गरिन्छ । र नयाँ भाइरस, पुरानो भाइरससँग मिल्दोजुल्दो छ कि छैन भनेर हेरिन्छ । 

नयाँ भाइरसले धेरै कुरामा फरक पार्न सक्छ । कोरोना भाइरसविरुद्ध  प्रयोग गर्ने भनेर अहिले निर्माण भइरहेका खोप नयाँ भाइरसमा प्रभावकारी हुन्छ कि  हुँदैन भनेर अनुसन्धानकै क्रममा छ ।  तर बेलायतमा देखिएको नयाँ किसिमको भाइरसले भने हामीलाई पक्कै असर गर्छ । 

त्यसैले पनि तयारी थालिएको हो । नेपालमा कोरोना भाइरसको  संक्रमण घट्दै गएको छ । त्यही भएर तत्काल लकडाउनको विषय सोचिएको छैन । तर पनि कोरोना नियन्त्रण भइसक्यो, जोखिम टरिसक्यो भन्ने अवस्था भने पक्कै छैन । 

अहिले अरु विभिन्न खालका परीक्षणहरु भइरहेका छन् । बेलायत, विश्व स्वास्थ्य संगठन लगायतले यसबारेमा अध्ययन गरिरहेका छन् ।  अहिले बनेको खोप नयाँ भाइरसविरुद्व प्रभावकारी हुन्छ कि हुँदैन भन्नेबारे पनि अध्ययन भइरहेको छ । 

नयाँ देखिएको कोरोना भाइरस पुरानो भाइरसभन्दा  धेरै परिवर्तन भएको रहेछ भने काम नगर्न पनि सक्छ । सामान्य मात्रै परिवर्तन भएको भए काम गर्न सक्छ । त्यो चाहिँ अलि विस्तृतमा अनुसन्धान गरेपछि मात्रै थाहा हुने विषय हो । 

नयाँ किसिमको भाइरसबाट बच्न पनि कोरोना भाइरसबाट बच्नका लागि अपनाइने जस्तै उपायहरु अपनाउनुपर्छ ।  तर नयाँ किसिमको भाइरस छिट्टै फैलने भएकाले थप सतर्कता भने पक्कै अपनाउनुपर्छ । मास्क लगाउने, दूरी कायम गर्ने कुरालाई सधैँ ध्यान राख्नुपर्छ ।  भिडभाडमा जानु हुँदैन ।  खोपहरु  आइसकेपछि अलि सजिलो होला ।

(इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बासुदेव पाण्डेसँग जानुका दुवाडीले गरेकोे कुराकानीमा आधारित) 

👉 अन्य सम्बन्धित खबरहरु

जनताको कुरा सुन्न शुक्लागण्डकीमा जनसंवाद
अन्य

जनताको कुरा सुन्न शुक्लागण्डकीमा जनसंवाद

April 15, 2026
अन्य

पत्रकार खरेल सहित शुक्लागण्डकी एम एमको सम्मान

December 22, 2025
सार्वजनीक सुनुवाई सम्पन्न
अन्य

सार्वजनीक सुनुवाई सम्पन्न

November 20, 2025
रिसेडमा नयाँ नेतृत्व चयन
अन्य

रिसेडमा नयाँ नेतृत्व चयन

April 19, 2025
सरस्वती जुनियर कप सुरू
अन्य

सरस्वती जुनियर कप सुरू

January 29, 2025
अन्य

विकले ग्रहण गरे जेसिज बर्ष २०२५ को पदभार

January 4, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

May 12, 2026
गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा यसबर्ष ८७.५% उत्तीर्ण

गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण

May 12, 2026
एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

May 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन
  • निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित
  • प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने
  • अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट
  • गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.