• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८० आश्विन ६
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट अन्य

बेलायतमा देखिएको नयाँ कोरोना भाइरसको असर नेपालमा पनि

Staff Reporter Staff Reporter
December 27, 2020
- अन्य, कोरोना अपडेट
A A
0
Share on FacebookShare on TwitterEmail this

समय अनुसार भाइरसमा पनि परिवर्तन हुन्छ । बेलायतमा देखिएको नयाँ कोरोना भाइरसको डीएनए संरचनामा अलिकति परिवर्तन भएको छ । यो अहिलेको कोभिड १९ भन्दा थोरै फरक छ भन्ने कुरा अहिलेसम्मको अनुसन्धानले देखाएको छ । यो भाइरसमा  थप देखिएको  विषेशता भनेको छिट्टै फैलनु हो ।  अरु कुराहरु अनुसन्धानकै क्रममा छ । 

विश्वमा भएका कुनै पनि क्रियाकलापबाट नेपालमा असर पर्न सक्छ । अहिले एकै दिनमा विश्वको एक ठाउँबाट अर्को ठाउँमा पुग्न सकिन्छ । बेलायत लगायतका देशमा त झन् आउने, जाने क्रम चलिरहन्छ । यसकारण पनि नयाँ स्वरुपको कोरोना भाइरसको असर नेपालमा सिधै पर्न सक्छ । 

नेपालमा लकडाउन गर्नेबारे अहिलै सोचिएको छैन । तर बेलायतबाट आएका व्यक्तिहरुलाई एकदमै नजिकबाट नियाल्ने काम भइरहेको छ । बेलायतबाट आएकाहरुको सूची तयार पारेर उनीहरुलाई टेलिफोन गर्ने, सकेसम्म आइसोलेशनमा राख्ने लगायतका काम भइरहेको छ । 

आइसोलेशनमा बस्न नसक्नेहरुलाई घरमै सुरक्षित तरिकाले बस्न अनुरोध गर्ने र दैनिक टेलिफोन गरेर अपडेट गर्ने काम भइरहेको छ । त्यसबारे सरकारले काम थालिसकेको छ । 

बेलायतबाट आएका मानिसमा लक्षण देखिएको छ भने सरकारी निकायबाट तुरुन्त परीक्षण गरिन्छ । र नयाँ भाइरस, पुरानो भाइरससँग मिल्दोजुल्दो छ कि छैन भनेर हेरिन्छ । 

नयाँ भाइरसले धेरै कुरामा फरक पार्न सक्छ । कोरोना भाइरसविरुद्ध  प्रयोग गर्ने भनेर अहिले निर्माण भइरहेका खोप नयाँ भाइरसमा प्रभावकारी हुन्छ कि  हुँदैन भनेर अनुसन्धानकै क्रममा छ ।  तर बेलायतमा देखिएको नयाँ किसिमको भाइरसले भने हामीलाई पक्कै असर गर्छ । 

त्यसैले पनि तयारी थालिएको हो । नेपालमा कोरोना भाइरसको  संक्रमण घट्दै गएको छ । त्यही भएर तत्काल लकडाउनको विषय सोचिएको छैन । तर पनि कोरोना नियन्त्रण भइसक्यो, जोखिम टरिसक्यो भन्ने अवस्था भने पक्कै छैन । 

अहिले अरु विभिन्न खालका परीक्षणहरु भइरहेका छन् । बेलायत, विश्व स्वास्थ्य संगठन लगायतले यसबारेमा अध्ययन गरिरहेका छन् ।  अहिले बनेको खोप नयाँ भाइरसविरुद्व प्रभावकारी हुन्छ कि हुँदैन भन्नेबारे पनि अध्ययन भइरहेको छ । 

नयाँ देखिएको कोरोना भाइरस पुरानो भाइरसभन्दा  धेरै परिवर्तन भएको रहेछ भने काम नगर्न पनि सक्छ । सामान्य मात्रै परिवर्तन भएको भए काम गर्न सक्छ । त्यो चाहिँ अलि विस्तृतमा अनुसन्धान गरेपछि मात्रै थाहा हुने विषय हो । 

नयाँ किसिमको भाइरसबाट बच्न पनि कोरोना भाइरसबाट बच्नका लागि अपनाइने जस्तै उपायहरु अपनाउनुपर्छ ।  तर नयाँ किसिमको भाइरस छिट्टै फैलने भएकाले थप सतर्कता भने पक्कै अपनाउनुपर्छ । मास्क लगाउने, दूरी कायम गर्ने कुरालाई सधैँ ध्यान राख्नुपर्छ ।  भिडभाडमा जानु हुँदैन ।  खोपहरु  आइसकेपछि अलि सजिलो होला ।

(इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बासुदेव पाण्डेसँग जानुका दुवाडीले गरेकोे कुराकानीमा आधारित) 

👉 अन्य सम्बन्धित खबरहरु

Auto Draft
अन्य

श्रीमानले श्रीमती बोक्ने दौडमा कुमारको जोडि प्रथम

September 19, 2023
विपिको जन्मजयन्तीमा विरामीलाई फलफूल वितरण
अन्य

विपिको जन्मजयन्तीमा विरामीलाई फलफूल वितरण

September 10, 2023
अन्य

आज विद्युतको भोल्टेज कम आउने

September 9, 2023
लियो क्लबद्धारा मन्दिरलाई ट्याङ्की हस्तान्तरण
अन्य

लियो क्लबद्धारा मन्दिरलाई ट्याङ्की हस्तान्तरण

September 5, 2023
आज जनैपूर्णिमा, गुरु पुरोहितबाट डोरो बाँध्ने र जनै लगाउने
अन्य

आज जनैपूर्णिमा, गुरु पुरोहितबाट डोरो बाँध्ने र जनै लगाउने

August 31, 2023
धरानमा कर्फु जारी
अन्य

धरानमा कर्फु जारी

August 25, 2023

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय खबरहरु

विद्यार्थीले उमेर, नाम र जात सच्याउन पाउने

विद्यार्थीले उमेर, नाम र जात सच्याउन पाउने

August 24, 2023
ईप्रका बेलचाैतारकाे प्रमुखमा सुवेदी

ईप्रका बेलचाैतारकाे प्रमुखमा सुवेदी

August 23, 2023
शुक्लागण्डकीका प्रमुख प्रशाशकीय अधिकृत न्यौपानको सरुवा

शुक्लागण्डकीका प्रमुख प्रशाशकीय अधिकृत न्यौपानको सरुवा

August 26, 2023
जवरजस्ती करणी मुद्धाका फरार प्रतिवादी पक्राउ

शुक्लागण्डकीमा गाई काटेर भागवण्डा गरेका ३ व्यक्ति पक्राउ

August 26, 2023
तनहुँमा जग्गा अधिग्रहणको क्षतिपूर्ति दाबी गर्न एमसीए नेपालको आग्रह

तनहुँमा जग्गा अधिग्रहणको क्षतिपूर्ति दाबी गर्न एमसीए नेपालको आग्रह

August 29, 2023
ढाेरफिर्दीमा श्रीमानले श्रीमती बाेक्ने दाैड हुने

ढाेरफिर्दीमा श्रीमानले श्रीमती बाेक्ने दाैड हुने

September 12, 2023

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

कार्यकारी सम्पादक: हरि खरेल
सम्पर्क: 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लागण्डकी भेटेरीनरी अस्पताल भवनको उद्घाटन
  • शिक्षक सरकार बार्ता सफल, आन्दोलन फिर्ता
  • शुक्लागण्डकी भेट अस्पतालको उद्घाटन शुक्रबार
  • साँखेमा निशुल्क दन्त शिविर
  • आन्दोलनको बहानाम स्कुल बन्द गरे कारवाही हुने
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.