• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८० जेष्ठ २६
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट अन्य

लुम्बिनी प्रदेशको राजधानी हरित र स्मार्ट हुने

Staff Reporter Staff Reporter
December 23, 2020
- अन्य
A A
0
Share on FacebookShare on TwitterEmail this

दाङको देउखुरी स्थायी राजधानी भएसँगै लुम्बिनी  प्रदेश सरकारले राजधानीको गुरुयोजना बनाउन सुरु गरेको  छ । 

गएको असोज २० गते बसेको प्रदेश सभा बैठकले प्रदेशको नाम लुम्बिनी र राजधानी राप्ती उपत्यका देउखुरी बनाउने निर्णय गरेको थियो । त्यही निर्णय अनुसार स्थायी राजधानीमा पूर्वाधार निर्माणको लागि गुरुयोजना बनाउने तयारी थालिएको हो ।

लुम्बिनी प्रदेशको राजधानीलाई नयाँ, अत्याधुनिक, स्मार्ट र सुन्दर हरित शहरको रुपमा विकास गर्ने योजना अनुसार प्रदेशले पूर्वाधार विकास प्राधिकरणले गुरुयोजना बनाउने प्रक्रियालाई अगाडि बढाएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानीमा नयाँ शहर बनाउनको लागि चीन सरकार र चिनियाँ कम्युनिष्ट पार्टीसँग सहकार्यको लागि छलफल गरिएको छ । 

लुम्बिनी प्रदेश सरकार र चीन सरकारको बीचमा राजधानी व्यवस्थापनको विषयमा औपचारिक छलफल भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले छलफलको नेतृत्व गर्नु भएको छ । 

‘राप्ती उपत्यका देउखुरीमा सुन्दर शहर बसाउने हाम्रो योजना छ’, छलफलमा मन्त्री केसीले भन्नुभयो, ‘व्यवस्थित शहर बनाउन चिनियाँ अनुभव र प्रविधिको सहयोगको अपेक्षा गर्दछौं ।’ 

चीन र नेपालको बीचमा वर्षौं पहिलेदेखिको आपसी सम्बन्ध रहेको स्मरण गर्दै दुई देश बीचको सहकार्यले नयाँ शहर बनाउने योजना निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । लुम्बिनी प्रदेश सकारको तर्फबाट प्रदेशको गुरुयोजना निर्माणमा चिनियाँ अनुभव र प्रविधिमा सहयोग गर्न गरिएको आग्रहलाई चीनले स्वीकार गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले चीन भ्रमणको क्रममा सिचुवान प्रान्त बीच २०७६ असारमा भगिनी समझदारी गर्नु भएको थियो । 

चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग जर्नल डाइरेक्टर सन हाइनले लुम्बिनी प्रदेश सरकारलाई शहर बसाउनको लागि योजना निर्माणमा सघाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । लुम्बिनी प्रदेशको तर्फबाट पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुब मजगैयाँले नयाँ शहरलाई प्रशासनिक केन्द्र अन्तरगत विभिन्न मन्त्रालय, प्रदेश सभा, प्रादेशिक कार्यालयहरु, सुरक्षा निकायहरु रहने विषयलाई प्राथमिकतामा राखेर गुरुयोजनाको तयारी गरिएको जानकारी दिनुभयो  । 

‘शहरमा अन्य क्षेत्रहरु जस्तै व्यापारिक भवन, आवासीय भवन, पार्क, चौडा सडकहरु, राप्ती नदीमा नमूना पुल र नदीको दुवै तर्फ हरित बेल्ट रहनेछ’, प्रमुख कार्यकारी अधिकृत मजगैयाँले भन्नुभयो, ‘प्रादेशिक राजधानी शहरको गुरुयोजना तयार गर्नको लागि लुम्बिनी प्रदेश सरकारले अन्तर्राष्ट्रिय शहरी योजनाकार लगायतका विज्ञहरुको सहयोगको अपेक्षा पनि गरेको छ ।’

छलफलमा चिनियाँ कम्युनिष्ट पार्टी सेन्ट्रल स्कुलका विज्ञ र चेन्धु प्लानिङ्ग कमिशनको स्पेसल कमिटीका विज्ञले नयाँ शहर बसाउने विषयमा मापदण्डहरुको बारेमा छलफल गरेका छन् ।

प्रादेशिक राजधानीको पूर्वाधारसहित नयाँ शहर बसाउँदा वातावरणलाई ध्यानमा राख्न सुझाव दिइएको छ । हरियो शहरको रुपमा विकास गर्न सकिने र त्यसका लागि पहाड र पानीलाई जोगाइ राखेर पर्यटनसँग जोड्न सुझाव दिइएको हो । 

चीन सरकारसँग भएको भर्चुअल बैठकमा सहभागी हुनुभएका प्रदेश सभा सदस्य रेवतीरमण शर्माले प्रादेशिक राजधानीलाई रमणीय र मनोरम बनाउने गरी गुरुयोजना बनाउनुपर्ने बताउनुभयो ।

‘सुरुमा पूर्वाधार विकास प्राधिकरणले आफ्नो विशेषता अनुसार योजना निर्माण गरेर अरु माझ साझा गर्नपर्छ’, उहाँले भन्नुभयो ‘राजधानी क्षेत्रको भूगोल, मौलिकता, सांस्कृतिक पक्षलाई ध्यानमा राखेर योजनाको खाका कोरिनुपर्छ ।’

👉 अन्य सम्बन्धित खबरहरु

ठगि आरोपमा बेलचौताराकी सितादेवी पक्राउ
अन्य

ठगी आरोपमा बेलचौताराकी सितादेवी पक्राउ

May 31, 2023
शहीदकृष्ण मा वि रेडक्रस सर्कलद्धार गौं संरक्षण सहयोग
अन्य

शहीदकृष्ण मा वि रेडक्रस सर्कलद्धार गौं संरक्षण सहयोग

May 27, 2023
कामीरिता २७ औं पटक सगरमाथा शिखरमा
अन्य

कामीरिता २८ औं पटक सगरमाथाको चुचुरोमा

May 23, 2023
तनहुँमा भालुको आक्रमणबाट एक व्यक्ति घाईते
अन्य

तनहुँमा भालुको आक्रमणबाट एक व्यक्ति घाईते

May 18, 2023
जेठ १८ गतेदेखि कक्षा १२ को परीक्षा
अन्य

कक्षा १२ को वार्षिक परीक्षा सुरु

May 9, 2023
नेपाली नागरिकता लिने १२ भारतीय नागरिक पक्राउ
अन्य

नेपाली नागरिकता लिने १२ भारतीय नागरिक पक्राउ

May 7, 2023

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Service Delivery Operation Center Shuklagandaki
Service Delivery Operation Center Process Shuklagandaki
GP Koirala Rastriya Swasprashwas Upachar Kendra

लोकप्रिय खबरहरु

जनकल्याणमा शिक्षकले पिटेर विद्यार्थी घाईते

जनकल्याणमा शिक्षकले पिटेर विद्यार्थी घाईते

May 14, 2023
ठगि आरोपमा बेलचौताराकी सितादेवी पक्राउ

ठगी आरोपमा बेलचौताराकी सितादेवी पक्राउ

May 31, 2023
मृगौला पिडित गुरुङद्धारा उपचारको लागि सहयोग अपिल

मृगौला पिडित गुरुङद्धारा उपचारको लागि सहयोग अपिल

June 5, 2023
शुक्लागण्डकी मोटरसाईकल संघको अध्यक्षमा प्रधान

शुक्लागण्डकी मोटरसाईकल संघको अध्यक्षमा प्रधान

June 5, 2023
युवा अभियानद्धारा जीपिमा छड्के जाँच

युवा अभियानद्धारा जीपिमा छड्के जाँच

May 14, 2023
लोक संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउदै तनहुँका शरद

लोक संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउदै तनहुँका शरद

June 7, 2023

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

कार्यकारी सम्पादक: हरि खरेल
सम्पर्क: 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • लागू औषध सहित एक युवक प्रकाउ
  • लोक संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउदै तनहुँका शरद
  • गोल्डेन गेट ईन्स्टिच्युटद्धारा खैरेनीटारमा सरसफाई
  • शुक्लागण्डकीलाई पूर्ण खेप पालिका घोषणा
  • शुक्लागण्डकी मोटरसाईकल संघको अध्यक्षमा प्रधान
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.