पोखरा
वडा प्रहरी कार्यालय बैदामका इन्सपेक्टर पक्राउ परेका छन् । श्रीमतीलाई जबर्जस्ती गर्भपतन गराएको आरोपमा इन्सपेक्टर ध्रुव शर्मा पक्राउ परेका हुन् ।पीडित युवतीले घटनाबारे जिल्ला प्रहरी कार्यालय म्याग्दीमा दिएको उजुरीपछि इन्सपेक्टर शर्मा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी विश्वराज अधिकारीले जानकारी दिए ।
म्याग्दीबाट रमाना लिएर हाल पाेखरास्थित बैदाम आएका इन्सपेक्टर शर्माले म्याग्दीमै कार्यरत रहँदा विवाहको प्रलोभन देखाई शारिरिक सम्पर्कपछि गर्भ रहेको र विवाहपछि जर्बजस्ती गर्भपतन गराउन लगाएको पीडित युवतीको उजुरीमा उल्लेख छ ।अनुसन्धानका लागि शर्मालाई पर्वत जिल्ला अदालतबाट १० दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।