लन्डन — ओसमन डेम्बेले र लियोनल मेसीले पेनाल्टीबाट गरेको गोलमा बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिगमा बुधबार युभेन्टसलाई २–० ले हराएको छ ।
आफ्नो घरेलु मैदानमा युभेन्टस भाग्यमानी रहेन र उसका अल्भारो मोराटाको तीन गोललाई मान्यता दिइएको थिएन् ।
डेम्बेलेले १४ औं मिनेटमा ‘डिफ्लेक्ट’ प्रहारको मदतले पहिलो गोल गरे भने मेसीले च्याम्पियन्स लिगमा आफ्नो १४ औं पेनाल्टी गोललाई सम्भव पारे । क्लबभित्रको आन्तरिक किचलोलाई बिर्सेर समूह ‘जी’ मा बार्सिलोनाले सिरी ‘ए’ क्लबमाथि यो सुखद जित निकालेको हो ।
यही समूहमा फेरेन्कभारोस र डायनामो किभले २–२ को बराबरी खेले ।