काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको असोज १५ देखि १७ सम्म भएको विधान महाधिवेशनले नयाँ लोगो सार्वजनिक गरेको छ । एमालेले सार्वजनिक गरेको लोगो माओवादी केन्द्रसँग मिल्दोजुल्दो भएपछि माओवादीले आपत्ति जनाएको हो ।
एमालेको लोगोमा सूर्य चिह्नभित्र अंग्रेजी अक्षरमा सिपिएन युएमएल लेखिएको र हँसिया हथौडासहितको लोगो थियो । एमालेको नयाँ लोगोमा सूर्य चिह्नभित्र हँसिया हथौडा राखिएको थियो। सूर्य चिह्नभित्रको पृष्ठभूमि भने रातो राखिएको छ।
माओवादी केन्द्रको चुनाव चिह्न पनि गोलाकार भित्रको हँसिया हथौडा भएकाले एमालेले आफ्नो पार्टीको लोगोसँग मिल्दोजुल्दो राखेकाले आपत्ति जनाएको माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए । एमालेले माओवादीसँगको लोगो मिल्ने गरी सार्वजनिक गरेकाले कानुनी प्रक्रियाबाट अगाडी बढ्ने बताए ।