• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ श्रावण १९
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home अन्य

क्याम्पसको उपनाम ‘भानुभक्त बहुमुखी ग्यारेज क्याम्पस’ हुने त होइन

Staff Reporter by Staff Reporter
September 21, 2021
in अन्य
A A
0
Share on FacebookShare on TwitterEmail this

अब भानुभक्त बहुमुखी क्याम्पसको उपनाम “भानुभक्त बहुमुखी ग्यारेज क्याम्पस” को रूपमा नामाकरण हुने त होइन लाजमर्दो,

विरोध त म मेरो आफ्नै शत्रुको पनि गर्दिन तर अन्याय र अत्याचार मौलायो भने त्यसको खबरदारी अवश्य गर्छु । यो त्यति टाढाको र नौलो विषय होईन, यो त हाम्रै आफ्नै सुन्दर रमणीय स्थल तनहुँ, शुक्लागण्डकी नगरपालिका वडा नम्बर ५ को मुटुमा रहेको यस भानुभक्त बहुमुखी क्याम्पसको नै हो । स्थापना काल देखि नै अनेकौ समस्या झेल्दै आएको यस क्याम्पस अहिले वर्तमानमा अवस्थामा अस्तव्यस्त र ध्वस्तै हुन लागि सक्यो, तर यसको विषयमा कस्ले आवाज उठाउने “कस्ले यो क्याम्पस बचाउने” कस्ले खबरदारी गर्ने, प्रश्नहरू धेरै धेरै छन् !

घिरौलाको लागि चार वटा लट्ठीको खुट्टा लगाइदिएको भए अहिलेसम्म खुरूरूरू खुरूरूरू यता र उता दौडिँदै हिड्थो होला तर विडम्बना हाम्रो क्याम्पस चलाउने व्यक्तिहरु घिरौला जतिको पनि भएनन् दुख लाग्छ । हजुरहरूले सोच्नु भयो होला यस्ले कति क्याम्पसको विरोध गर्छ !! भानुभक्त बहुमुखी क्याम्पस बाहिर बाट हेर्दा जति सुन्दर छ त्यो भन्दा पनि बढी भित्र बाट खोक्रिदै गएको छ । हे भगवान् ! क्याम्पसको प्रतिवेदन हेर्दा क्याम्पसमा अध्ययन गर्न आउने सम्पूर्ण विद्यार्थीहरुलाई निशुल्क रूपमा कुनै पनि किसिमको फिस नलिई पठनपाठन गराउने क्षमता क्याम्पसको छ । तर विद्यार्थीबाट कोचेर फिस लिदा पनि सेवा सुविधा भने अहिले बजारमा नयाँ गीत आएको छ नि सम्झिने पानी………. भने जस्तै भयो !!! दैनिक रुपमा उपभोग गर्ने सामान्य भन्दा सामान्य वस्तुको त कुरै छोडौ !!

क्याम्पसले तत्कालै गर्न खोजेको एउटा निर्णयले मलाई साह्रै चित्त दुख्यो । पृथ्वी राजमार्ग सँगै जोडिएको अर्थात् भानुभक्त बहुमुखी क्याम्पस आगाडी रहेको खालि क्षेत्रमा क्याम्पसको भवन सँगै जोडिने गरि अब सवारी साधन मर्मत गर्न स्थल (ग्यारेज) बनाउनको लागि सम्झौता हुदै छ रे !! के क्याम्पस अगाडि क्याम्पसको नै सौन्दर्य बिग्रिने गरि, कोलाहल मच्चिने गरि ग्यारेज आवश्यक हो र “पैसाको लागि मरिहत्ते गर्ने अहंकारीहरू लाई पैसाको बिटो नपुगेर त हैन” क्याम्पसको हितको लागि यो कार्य कुनै पनि हालतमा स्वीकार्य छैन, आफ्नो व्यक्तिगत स्वार्थको लागि क्याम्पसको बलि चढाउने कार्य भइरहेको छ । कि अब हामी भानुभक्त बहुमुखी क्याम्पसलाई “भानुभक्त बहुमुखी ग्यारेज क्याम्पस” को नाममा नामकरण गर्ने कि !

हालको अवस्था अनुसार पैसाकोलागि नै हो भने हामी विद्यार्थी, जनसमुदाय, प्रध्यापक र सम्पूर्ण सहित हाम्रो क्याम्पसमाको कोषमा करोडौँ रूपैया त छ तर अरबौं भएन त्यसैले हामीलाई चन्दा दिनुहोस् भन्दै हामी सबै चन्दा संकलन गर्न हिड्छौ । तर ग्यारेज आवश्यक छैन ।

मेरो अनुरोध, क्याम्पस व्यवस्थापन समिति, क्याम्पस प्रमुख र पदाधिकारी व्यक्तिहरू तपाईहरुले क्याम्पसलाई मात्र एउटा QAa\ सिस्टम मा लैजानु तयारी गर्नुस् , यहाँ भएका रकम लाई विद्यार्थीको शैक्षिक गुणस्तर, भौतिक गुणस्तर र अत्यावश्यक विषय वस्तुहरु मा खर्च गर्नुस् यति गर्दा कोषको रकम घट्छ र घट्ने बित्तिकै स्थानीय तह र त्ग् बाट अनुदानको रूपमा लाखौ रुपैया उपलब्ध गराउँछ । यसरी कार्य गर्दा क्याम्पस, शिक्षक, विद्यार्थी, जनसमुदाय सबैको कल्याण हुनेछ अर्थात् यस क्याम्पस बाट भोलिको लागि राम्रो जनशक्ति उत्पादन हुने छ । तर क्याम्पस अगाडि ग्यारेज आवश्यक छैन, ठूलो गल्ती हुन बाट बेलैमा सचेत बनौ ।

(लेखक भानुभक्त बहुमुखी क्याम्पस बेलचौतारामा अध्यनरत छन् ।)

👉 अन्य सम्बन्धित खबरहरु

जनताको कुरा सुन्न शुक्लागण्डकीमा जनसंवाद
अन्य

जनताको कुरा सुन्न शुक्लागण्डकीमा जनसंवाद

April 15, 2026
अन्य

पत्रकार खरेल सहित शुक्लागण्डकी एम एमको सम्मान

December 22, 2025
सार्वजनीक सुनुवाई सम्पन्न
अन्य

सार्वजनीक सुनुवाई सम्पन्न

November 20, 2025
रिसेडमा नयाँ नेतृत्व चयन
अन्य

रिसेडमा नयाँ नेतृत्व चयन

April 19, 2025
सरस्वती जुनियर कप सुरू
अन्य

सरस्वती जुनियर कप सुरू

January 29, 2025
अन्य

विकले ग्रहण गरे जेसिज बर्ष २०२५ को पदभार

January 4, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

July 14, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै
  • क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
  • लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
  • भानुभक्तकी शान्तिले गरिन एरिया टप
  • लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.