हरि खरेल/दुलेगौडा । तनहुँमा आगामि भदौ मसान्त सम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले संक्रमण जोखिन कायम गरहेको भन्दै अहिलेसम्मकै खुकुलो निषेधाज्ञा जारि गरेको छ ।
प्रशासनले जारी गरेको आदेश अनुसार स्र्माट लकडाउन कार्यविधि—२०७८ अनुसार संक्रमण जोखिम कम रहेको क्षेत्रमा भौतिका उपस्थितीमै विद्यालय संञ्चालन गरिएको छ । यस अघि सभा सम्मेलन, गोष्टि, प्रदशन, जात्रा आदि कार्यलाई पुर्ण रुपमा बन्द गरिएता पनि यस पटक भने २५ जना सम्मको उपस्थितीमा जिल्ला कोभिड—१९ व्यवस्थापन समितिलाई अग्रिम जानकारी गराई संञ्चालन गर्न पाईने सहायक प्रमुख जिल्ला अधिकारी चात्राङ्गत बरालले जानकारी दिए ।
सवारी साधनहरुको हकमा भने स्वास्थ्यका मापदण्ड पालना गराई संञ्चालन गराउने, रेष्टुरेन्ट ९ बजेसम्म संञ्चालन गर्न पाउने, भारत र अन्य मुलुकबाट आउने नागरीक १० दिनसम्म अनिवार्य क्वारेण्डटाईनमा राख्ने लगायतका बिषयमा निर्णय गरेको छ ।