काठमाडौं । मैत्रीपूर्ण फुटबल खेलमा नेपाल र भारतले १-१ गोल बराबरी सकिएको छ । साफ च्याम्पियनसिपको तयारीमा रहेका नेपाल र भारतले बिहीबार दशरथ रंगशालामा खेलेको मैत्रीपूर्ण खेल बराबरीमा सकिएको हो ।
नेपालले ३५ औं मिनेटमा अग्रता लिए पनि जोगाउन नसक्दा भारतमाथि जित हासिल गर्ने अवसर गुमायो । ३५ औं मिनेटमा नेपालका अञ्जन विष्टले गोल गरेका थिए । तर ६० औं मिनेटमा भारतका अनिरुद्ध थापाले बराबरी गोल फर्काए ।