• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८० मंसिर १३
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट अन्य

काङ्ग्रेसको आसन्न महाधिवेशनलाई सद्भाव , एकता र मेलमिलापको महोत्सव बनाऔं

Staff Reporter Staff Reporter
August 31, 2021
- अन्य
A A
0
Share on FacebookShare on TwitterEmail this

– हुतमणि अधिकारी

पटकपटक सर्दै आएको र अनिश्चयको भुमरीमा परेको नेपाली कांग्रेसको १४ औं महाधिवेशन अब सुनिश्चित भएको छ। यही भदौ १८ गते हुन गइरहेको वडा अधिवेशनबाट महाधिवेशनको बिधिवत प्रारम्भ हुँदैछ । निर्धारित कार्य तालिका बमोजिम अब क्रमश: वडा तह, पालिका, प्रदेश क्षेत्र, संघीय क्षेत्र, जिल्ला, प्रदेस देखि केन्द्रीय तह सम्म नेतृत्व छनौटको प्रक्रिया आरम्भ हुँदै जानेछ। लोकतान्त्रिक पद्धतिमा नेतृत्व चयनका दुईवटा बाटा हुन्छन् सहमति वा सर्वसम्मति र निर्वाचन ।

नेतृत्व चयनका क्रममा हुने अनावश्यक गुटगत अस्वस्थ प्रतिस्पर्धा र उम्मेदवारहरु विच हुने तिक्ततापुर्ण प्रतिद्वन्दात्मक अवस्थाबाट पार्टीलाई जोगाउन र सबै नेता कार्यकर्ता बीच एकता , मेलमिलाप , सहयोग , सद्भाव र बिस्वास कायम राख्ने वातावरण बनाउन सबै जिम्मेवार नेता कार्यकर्ता इमानदारीपूर्वक लाग्नु पनि जरुरी देखिन्छ । अधिवेशन- महाधिवेशनमा आफुले र आफ्नाले मात्र जित्नु पर्ने , नेतृत्वमा पुग्नुपर्ने संकीर्ण , अहंकार र अधिनायकवादी सोँच सबैले त्याग्नुपर्छ , पार्टीको बृहत्तर हितका लागि व्यक्तिगत, गुटगत स्वार्थ त्याग गर्नैपर्छ । सबै एउटै परिवारका सदस्य हौँ भन्ने भाव लिनुपर्छ । एउटै पार्टीका नेता कार्यकर्ता बीच गुटबन्दीका आधारमा अस्वस्थ , अराजनीतिक , अनुशासन र मर्यादाहीन टिप्पणी , गतिविधि र क्रियाकलाप किमार्थ गर्नुहुँदैन । यस्तो हुन गयो भने निकट भविष्यमा हुन गैरहेको स्थानीय, प्रदेश र संघीय निर्वाचनलाई त्यसले प्रत्यक्ष असर गर्न सक्छ। त्यसैले सकेसम्म सबै तहमा सर्वसम्मत रुपमा समितिहरु चयन गर्ने कोसिस गरौ किनभने सर्वसम्मत प्रक्रियाले पार्टी भित्र मेलमिलाप र हार्दिकताको कायम हुन्छ। कथं निर्वाचन हुने परिस्थिति बनेछ भने पनि स्वच्छ , स्वस्थ , मित्रवत प्रतिस्पर्धा गरौं।खेल भावनाले हारजीतलाइ सहज रुपमा स्वीकार्ने संस्कृतिको विकास गरौं। नेतृत्व चयनका क्रममा हुनसक्ने द्वन्द , प्रतिश्पर्धा , कटुता , बदलाभाव जस्ता कुराहरु प्रति सजग रही आपसमा भेटघाट , छलफल, संवाद गरि निकटता र हार्दिकता बिकास गरौं। संवादहीनता र संपर्कबिहीनताले भ्रम र बिबाद बढाउन सक्ने कुरा तर्फ सबै सजग रहौँ ।

महाधिवेशन संगठनमा नयाँ बिचार , शैली , उर्जा भर्नका लागि हो , परिष्कृत सामयिक मार्ग पहिल्याउनका लागि पनि हो । यसले पार्टी एकता मजवुत तुल्याउनु पर्छ , टुटेका- फुटेका -बिथोलिएका- बहकिएका मन, बुद्धिहरुलाइ एकजुट बनाउन सक्नुपर्छ । महाधिवेशन तोड्ने तोडिने भेला होइन जोड्ने जोडिने मेला हुनुपर्छ । त्यसैले आउँ सबै मिलेर यो महाधिवेशनलाई पारिवारिक जमघटको , नाता कुटुम्ब र आफन्त मिलनको उत्सव जस्तो बनाऔ, गुटगत अभिलाषा , अहंकार र संकीर्णता, स्वार्थ छाडेर देशका लागि , जनताका लागि , आफ्नो आदर्श सिद्धान्त , निष्ठा र सपनाका लागि पार्टी भित्र बृहत्तर एकता , मेलमिलाप , सदभावको वातावरण तयार पारौं , गौँडा कुरेर एकले अर्कोलाईलाइ पेल्ने, धकेल्ने, अँचेट्ने , निमोठ्ने मौकाको रुपमा होइन आपसमा सम्मान , स्वीकार , समन्वय , सहकार्य द्वारा सफलता सुनिश्चित गर्ने माइल स्टोन खडा गर्ने अवसरको रुपमा सदुपयोग गरौँ । गम्भीर बनौं , सबै सबै जिम्मेवार र इमानदार बनौं ।

(लेखक नेपाली कांग्रेस,संघीय मामिला तथा प्रदेश समन्वय बिभाग सदस्य हुन्)

👉 अन्य सम्बन्धित खबरहरु

६ विश्वकीर्तिमान सहित मंगोलिया विरुद्ध नेपालको जित
अन्य

६ विश्वकीर्तिमान सहित मंगोलिया विरुद्ध नेपालको जित

September 27, 2023
अन्य

श्रीमानले श्रीमती बोक्ने दौडमा कुमारको जोडि प्रथम

September 19, 2023
विपिको जन्मजयन्तीमा विरामीलाई फलफूल वितरण
अन्य

विपिको जन्मजयन्तीमा विरामीलाई फलफूल वितरण

September 10, 2023
अन्य

आज विद्युतको भोल्टेज कम आउने

September 9, 2023
लियो क्लबद्धारा मन्दिरलाई ट्याङ्की हस्तान्तरण
अन्य

लियो क्लबद्धारा मन्दिरलाई ट्याङ्की हस्तान्तरण

September 5, 2023
आज जनैपूर्णिमा, गुरु पुरोहितबाट डोरो बाँध्ने र जनै लगाउने
अन्य

आज जनैपूर्णिमा, गुरु पुरोहितबाट डोरो बाँध्ने र जनै लगाउने

August 31, 2023

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय खबरहरु

सेती नदिमा पुरूषकाे शव फेला

मोटरसाईकल दुर्घटनामा परि शुक्लागण्डकीका एक व्यक्तिको निधन

November 24, 2023
देउसी भैलोबाट संकलित दान रकम विरामीलाई सहयोग

देउसी भैलोबाट संकलित दान रकम विरामीलाई सहयोग

November 21, 2023
हरेक हप्ता साेमबार शुक्लागण्डकीका बजार क्षेत्र  बन्द हुने

सोमबार शुक्लागण्डकीका बजार क्षेत्र बन्द हुने

November 25, 2023
खेतमा नै कुहिन थाले सयपत्री फूल

खेतमा नै कुहिन थाले सयपत्री फूल

November 21, 2023
ढोर फूलबारी शहिद अस्पतालमा भिडियो एक्सरे सेवा

ढोर फूलबारी शहिद अस्पतालमा भिडियो एक्सरे सेवा

November 22, 2023
हरिबोधिनी एकादशीमा पुलचोकमा ५ वटा फूल तारियो

हरिबोधिनी एकादशीमा पुलचोकमा ५ वटा फूल तारियो

November 24, 2023

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

कार्यकारी सम्पादक: हरि खरेल
सम्पर्क: 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • प्रदेशस्तरीय वक्तृत्वकलामा पञ्चमुनीकी पुनम द्धितीय
  • मगर संघबाट नरबहादुरकाे उपचारका लागि ३५ हजार सहयाेग
  • बेलचाैतारामा डेंगी सम्बन्धि सचेतना
  • शुक्लागण्डकी व्याडमिन्टन संघको अध्यक्षमा गमाल
  • सोमबार शुक्लागण्डकीका बजार क्षेत्र बन्द हुने
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.